बन्द भएका एयरलाइन्सकै कारण थुप्रियाे बक्यौता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सञ्चालनमा नरहेका अस्ट्रियन एयरलाइन्सले ४३ हजार ६ सय, बर्मा एयरवेजले १ लाख ८६ हजार ८ सय ५०, लुफ्थान्सा एयरले १० लाख ६३ हजार ६ सय ४४, गल्फ एयरले २७ लाख ८ हजार ७ सय ७७, एयर सहाराले ३४ लाख ७८ हजार १ सय २६, बहराइन एयरले २४ लाख ६३ हजार ३ सय ७१, ओरियन्ट थाई एयरलाइन्सले ५ लाख ८९ हजार ८ सय १३, पाकिस्तान एयरलाइन्सले २६ लाख ८४ हजार २ सय ३८, सिङ्गापुर एयरलाइन्सले ५ लाख ५८ हजार १ सय २८ रुपैयाँ कार्यालयलाई तिर्नुपर्ने रहेको कार्यालयले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई तिर्नुपर्ने रकम नतिरी एयरलाइन्स कम्पनी र विभिन्न सङ्घसंस्था बन्द हुँदा विमानस्थल कार्यालयले १४ करोडभन्दा बढी आम्दानी गुमाएको छ ।

कुनै बेला सञ्चालनमा रहेका र बक्यौता रकम नतिरेका एयरलाइन्स कम्पनी र सङ्घसंस्थाले कार्यालयलाई १४ करोड ३७ लाख २२ हजार ४ सय ९२ रुपैयाँ तिर्नुपर्ने हिसाब रहेको कार्यालयले जनाएको छ । सञ्चालनमा नरहेका एयरलाइन्सले कार्यालयलाई ११ करोड ३९ लाख ६४ हजार ९ सय ७३ रुपैयाँ र सञ्चालनमा नरहेका सङ्घसंस्थाहरूले २ करोड ९७ लाख ५७ हजार ५ सय १८ रुपैयाँ बक्यौता रहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सञ्चालनमा नरहेका अस्ट्रियन एयरलाइन्सले ४३ हजार ६ सय, बर्मा एयरवेजले १ लाख ८६ हजार ८ सय ५०, लुफ्थान्सा एयरले १० लाख ६३ हजार ६ सय ४४, गल्फ एयरले २७ लाख ८ हजार ७ सय ७७, एयर सहाराले ३४ लाख ७८ हजार १ सय २६, बहराइन एयरले २४ लाख ६३ हजार ३ सय ७१, ओरियन्ट थाई एयरलाइन्सले ५ लाख ८९ हजार ८ सय १३, पाकिस्तान एयरलाइन्सले २६ लाख ८४ हजार २ सय ३८, सिङ्गापुर एयरलाइन्सले ५ लाख ५८ हजार १ सय २८ रुपैयाँ कार्यालयलाई तिर्नुपर्ने रहेको कार्यालयले जनाएको छ ।

त्यसैगरी किङ्गफिसर एयरलाइन्सले १ करोड १५ लाख ९७ हजार ५ सय ६२, जीमएजी एयरलाइन्सले १ लाख ५९ हजार १ सय १, युनाइटेड एयर एडीएफले ३ हजार ५ सय ३० र युनाइटेड एयरवेजले १ लाख ६ हजार ५ सय ५५, तुई एयरलाइन्सले ९ लाख ५८ हजार ४ सय ९८, हङकङ एक्सप्रेसले १९ लाख ६२ हजार ९ सय ७८, र्याक एयरवेजले १ लाख ८३ हजार ७ सय ७२, स्काइलाइन एयरवेजले ७ लाख ३३ हजार २ सय ८०, एयर नेपालले ७८ हजार ८ सय ९७, एयर काष्ठमण्डपले ३ लाख २९ हजार २ सय ८४, अल्पाइन एयरले ७२ हजार ७ सय २८, मकालु एयरले ९४ हजार २ सय १८, कर्णाली एयरले १६ लाख ६४ हजार ५६, साङ्ग्रिला एयरले २ लाख ३७ हजार ९ सय ४४, अल्टिच्युड एयरले ३ लाख २९ हजार ९ सय ४५, माउन्टेन एयरले ५२ हजार २ सय ८१, नेपाल एयरवेजले ११ लाख ७९ हजार ३ सय २०, नेकन एयरवेज अन्तर्राष्ट्रियले ६२ लाख ८२ हजार ३ सय २२, नेकन एयरवेज आन्तरिकले ४ करोड १० लाख २ हजार ७ सय ३०, हिमालय हेलिकप्टरले ६१ हजार ५ सय १८, कस्मिक एयरले ३ करोड ३३ लाख १२ हजार ९ सय ६, गरुड एयरले २७ हजार ४ सय ४० र गोरखा एयरलाइन्सले ६ लाख ५७ हजार ५ सय ४५ रुपैयाँ कार्यालयलाई तिर्नुपर्ने छ ।

त्यसैगरी कार्यालयभित्र रहेका ४२ ओटा सङ्घसंस्था तथा रेस्टुराँहरूले २ करोड ९७ लाख ५७ हजार ५ सय १८ रुपैयाँ तिर्नपर्ने देखिएको कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका महाप्रबन्धक देवानन्द उपाध्यायले कतिपय एयरलाइन्स तथा सङ्घसंस्था अस्तित्वमा नै नभएकाले बक्यौता उठ्न नसक्ने बताए । ‘अस्तिवमै नभएको रकम उठ्न गाह्रो छ । तर अस्तित्वमा भएका एयरलाइन्स र सङ्घसंस्था जुन अहिले कार्यालयभित्र सञ्चालनमा छैनन् त्यसबाट उठाउन सकिन्छ,’ उनले भने । अन्तर्राष्ट्रिय एयरलाइन्सबाट बक्यौता रकम उठाउन कार्यालयको प्रयासले मात्र नहुने बताउँदै त्यसका लागि सरकारी तवरबाट नै जानुपर्ने उनले बताए ।