असोज ४ गते हुने साधारणसभाबाट नयाँ नेतृत्व चयन हुनेछ । सर्वसम्मत ढङ्गबाट नेतृत्व चयनका लागि सभासद् एवम् महासङ्घका पूर्वअध्यक्ष जिपछिरिङ लामाको संयोजकत्वमा समिति बनाइएको छ ।
नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष विष्णुभाइ श्रेष्ठले आगामी निर्वाचनमा राजनीतिक गन्ध आउन नदिने बताएका छन् । महासङ्घको २०औं साधारणसभाको पूर्वसन्ध्यामा अध्यक्ष श्रेष्ठले नयाँ आउने नेतृत्वले राजनीतिभन्दा पनि निर्माण व्यवसायीको हकहितका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।
असोज ४ गते हुने साधारणसभाबाट नयाँ नेतृत्व चयन हुनेछ । सर्वसम्मत ढङ्गबाट नेतृत्व चयनका लागि सभासद् एवम् महासङ्घका पूर्वअध्यक्ष जिपछिरिङ लामाको संयोजकत्वमा समिति बनाइएको छ । समितिमा पूर्वअध्यक्षहरु रमेश शर्मा, शुकुन्तलाल हिराचन, यक्षध्वज कार्की र वर्तमान अध्यक्ष श्रेष्ठ छन् ।
३ वर्षका लागि महासङ्घको नयाँ नेतृत्व चयन हुनेछ । एक अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ७ प्रदेशका उपाध्यक्ष, एसोसिएट उपाध्यक्ष, महसचिवसहित पदाधिकारी र सदस्य गरी ५४ पदका लागि निर्वाचन हुनेछ । साधारणसभामा प्रतिनिधि तथा पर्यवेक्षक गरी २ हजार ५ सयभन्दा बढी निर्माण व्यवसायीको सहभागिता रहनेछ ।