टुङ्गिएन सरकार र यातायात व्यवसायीबीचको विवाद

यातायात व्यवस्था विभागमा आइतबार भएको छलफलमा यातयात व्यवसायी अग्रिम टिकट खोल्न सहमतमा आइसकेका थिए । छलफलमा व्यवसायीले भाडा समायोजन र समितिको बैङ्क खाता खोल्नुपर्ने सर्त राखेर दसैंका लागि अग्रीम टिकट बुकिङ खोल्न सहमति जनाएका व्यवसायी फेरि टिकट खोल्न आनाकानी गरिरहेका छन् । विभागले पुनः बैङ्क खाता नखोल्ने प्रतिक्रिया दिएपछि फेरि व्यवसायी आन्दोलित भएका छन् ।

दसैं आउन धेरै समय छैन । उपत्यकामा बसोवास गर्ने ७० प्रतिशतभन्दा बढी मानिस दसैं मनाउन बर्सेनि बाहिरिने गरेका छन् । दसैंका लागि काठमाडौंबाहिर जाने यात्रुका लागि अग्रिम टिकट बुकिङ, गाडीको व्यवस्था तथा दसैं भनेर यात्रुका लागि विभिन्न किसिमका सहजता गराउनुपर्ने हुन्छ । यसको सम्पूर्ण व्यवस्था गर्ने निकाय यातायात व्यवस्था विभाग हो । तर अहिलेसम्म दसैंका लागि अग्रिम टिकट बुकिङ प्रक्रिया अन्योलमै छ ।

यातायात व्यवस्था विभागमा आइतबार भएको छलफलमा यातयात व्यवसायी अग्रिम टिकट खोल्न सहमतमा आइसकेका थिए । छलफलमा व्यवसायीले भाडा समायोजन र समितिको बैङ्क खाता खोल्नुपर्ने सर्त राखेर दसैंका लागि अग्रीम टिकट बुकिङ खोल्न सहमति जनाएका व्यवसायी फेरि टिकट खोल्न आनाकानी गरिरहेका छन् । विभागले पुनः बैङ्क खाता नखोल्ने प्रतिक्रिया दिएपछि फेरि व्यवसायी आन्दोलित भएका छन् ।

आइतबार भएको छलफलमा विभागले बैङ्क खाता खोल्न सम्बन्धित निकायलाई तत्कालै पत्र पठाएर सहजीकरण गर्ने र भाडा समायोजन चाडपर्व सकिनेबित्तिकै कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाएको थियो । यातायात व्यवसायीे पुनः बैङ्क खाता र भाडादर मूल्य समायोजन तथा डिजेल–पेट्रोलको भाउ बढाएको भन्दै आलोचनासमेत गरिरहेका छन् । यी विषयलाई लिएर दसैंका लागि अग्रिम बुकिङ खुल्ने हो अथवा नखोल्ने भन्ने विषय अन्योलमै छ । यी समस्या समाधान गर्नुको साटो अहिले सरकार र व्यवसायीबीच विवाद बढेको छ ।

असोज ४ भित्र काउन्टर राख्ने र अनुगमनको मोडालिटी तयार पार्ने यातायात व्यवस्था विभागका निर्देशक गोकर्णप्रसाद उपाध्यायले बताए । तर यातायात व्यवसायी बैङ्क खाता नोखोलिएको भन्दै आन्दोलित भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले सरकारले आफ्ना माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि टिकट खोल्न सहमत भए पनि हिजो विभागले पुनः बैङ्क खाता नखोल्ने प्रस्ताव ल्याएकाले फेरि टिकट बुकिङ नखुल्ने प्रतिक्रिया देखाएका छन् ।

असोज ५ गते यातायात व्यवसायीले दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्नुअघि रोक्का रहेका खाता खोलिने भनी भइरहेको चर्चा सत्य नभएको विभागका महानिर्देशक लावण्यकुमार ढकालले बताए । ‘नवीकरण नै नभएका समितिको नाममा रोक्का अवस्थामा रहेका खाता खुलाउन सकिँदैन, समिति कम्पनीमा गएको प्रमाण लिएर आए खाता खोल्न प्रक्रिया अघि बढाइन्छ, प्रधानमन्त्रीले पनि कम्पनीमा गएकाको खाता खोल्न निर्देशन दिनुभएको छ,’ उनले भने ।

सङ्घसंस्था दर्ता ऐनअनुसार सामाजिक काम गर्ने उद्देश्यले समिति खोलेर व्यापार गरेको भन्दै विभागले चैत १८ गते नयाँ निर्देशिका जारी गरी नवीकरण नगर्ने सार्वजनिक गरेको थियो । समितिलाई पुस मसान्तसम्म कम्पनी दर्ता भइसक्न विभागले अवधि तोकेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य भने समितिको खाता नखोले अग्रिम टिकट बुकिङ गर्न नसक्ने दाबी गर्छन् । ‘खाता सञ्चालन गर्न नदिए पैसा कहाँ राख्ने ? यसैले खाता नखुलेसम्म टिकट खोल्न सकिँदैन, पेट्रोलियम पदार्थको भाउ पटकपटक बढे पनि भाडा समायोजन हुन सकेको छैन, भाडा समायोजन गर्न पनि सरकारलाई अनुरोध गरेका छौ,’ उनले भने ।