उद्योगी व्यवसायीलाई पनि सुप्रबल जनसेवाश्री

नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्मा, आईएमई समूहका कार्यकारी निर्देशक हेमराज ढकाल, प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचन, भाटभटेनी सुपरस्टोरका अध्यक्ष मीनबहादुर गुरुरू, गोल्छा अर्गनाइजेसनका अध्यक्ष लोकमान्य गोल्छा र प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई सुप्रबल जनसेवाश्रीे तेस्रो श्रेणीबाट विभूषित गरिएको हो ।

सरकारले संविधान दिवसका अवसरमा बुधबार उद्योगी व्यवसायीलाई पनि विभिन्न पदकद्वारा विभूषित गरेको छ ।
सरकारले व्यावसायिक क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएको भन्दै उनीहरुलाई विभूषित गरेको हो ।

 

नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्मा, आईएमई समूहका कार्यकारी निर्देशक हेमराज ढकाल, प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचन, भाटभटेनी सुपरस्टोरका अध्यक्ष मीनबहादुर गुरुरू, गोल्छा अर्गनाइजेसनका अध्यक्ष लोकमान्य गोल्छा र प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई सुप्रबल जनसेवाश्रीे तेस्रो श्रेणीबाट विभूषित गरिएको हो ।

त्यसैगरी व्यवसायीहरु राजेन्द्र मल्ल, अभिषेक बिक्रम शाह, निरु पुलामी, अमरमान जोशी र अजरमान जोशीलाई प्रबल जनसेवा श्री चतुर्थ श्रेणीबाट विभूषित गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित हुने सबैलाई बुधबार एक कार्यक्रमबीच विभूषण दिने कार्यक्रम छ ।

संविधान दिवसको अवसरमा राजनीतिज्ञ, समाजसेवी, कर्मचारी, साहित्यकार, कलाकार, चिकित्सक, पत्रकार, प्रशासक, खेलाडीलगायत विभिन्न पेशा तथा व्यवसाय आबद्ध व्यक्तिलाई मानपदवी, अलंकार र पदक प्रदान गर्ने परम्पराअनुरूप सरकारले उनीहरुलाई विभूषित गर्न लागेको हो ।

पदक पाउनेमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता स्व. पुष्पलाल श्रेष्ठदेखि युवा क्रिकेटर सन्दीप लामिछानेसम्मका ४ सय २१ जना छन् ।