सुरु भयो फर्निचर तथा फर्निसिङ एक्स्पो, सयबढी स्टलमा बृहत प्रदर्शनी

नेपाल फर्निचर तथा फर्निसिगं व्यवसायी महासंघका अध्यक्ष भुपेन्द्र गिरीले मुलुकलाई फर्निचर जन्य उत्पादनमा आत्मनिर्भर बनाउन स्वदेशमा खेर गईरहेको कच्चापदार्थको सदुपयोग गर्न आफुहरुलाई बाटो खोलिदन आग्रह गरेका थिए ।

राजधानीको भृकुटीमण्डपमा छैठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो ‘फर्नेक्स’ सुरु भएको छ । जेम फ्लोरिगंको प्रस्तुती तथा नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजना सुरु भएको एक्स्पोको एक कार्यक्रमका बिच नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले उद्घाटन गरे ।

एक्स्पो उद्घाटन गर्दै चेम्बर अध्यक्ष श्रेष्ठले फर्निचर जन्य उत्पादनमा मुलुक आत्मनिर्भर हुन खोजे पनि राज्यबाट सहयोग नपाएका ेतर्फ ध्यानाकर्षण गराएकाथिए । नेपाल फर्निचर तथा फर्निसिगं व्यवसायी महासंघका अध्यक्ष भुपेन्द्र गिरीले मुलुकलाई फर्निचर जन्य उत्पादनमा आत्मनिर्भर बनाउन स्वदेशमा खेर गईरहेको कच्चापदार्थको सदुपयोग गर्न आफुहरुलाई बाटो खोलिदन आग्रह गरेका थिए ।

५ दिनसम्मचल्ने एक्स्पोमा ख्यातिप्राप्त नेपाली तथा अन्तराष्ट्रिय ब्राण्डका फर्निचरहरुको वृहत प्रदर्शनी हुनेछ । उक्त अवसरमा नजिकिदै गरेको चाडपर्वलाई ध्यानमा राखेर स्टक क्लियरेन्सका साथै दशैँ अफरका साथ फर्निचर तथा फर्निसिङका सामानहरु विक्रि वितरण हुनेछ ।

फर्नेक्स २०१८को टाइटल स्पोन्सर जेम फ्लोरिगं रहेको छ । एक्स्पोको मुख्य प्रायोजकसिमल डेकोर,यती फ्लोरिगं, ग्लेनर डिलाइटरहेका छन् । एक्स्पोको छैठौं संस्करण को व्यवस्थापकइभेण्ट सोलुसनप्रा.लि.रहेको छ भने यो एक्स्पोलाई नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफकमर्श तथा नेपाल फर्निचर तथा फर्निसिगं व्यवसायीमहासंघले प्रवद्र्धन गरेका छन् ।

किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्रीप्रदर्शनीको मुख्य आकर्षण रहने छन् । यसैगरि कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धितउत्पादनप्रदर्शनीको आकर्षणका रुपमा रहेका छन् ।