डिजेलको मूल्य फिर्ता नभए अग्रिम टिकट बुकिङ खुल्दैन

महासङ्घको बिहीबार बसेको बैठकले सरकारले डिजेलको मूल्य फिर्ता नलिए अग्रिम टिकक खुला नगर्ने निर्णय गरेको छ । महासङ्घले सरकारसँग गत भदौ २३ गते गरेको सम्झौताअनुसार असोज पाँच गतेबाट अग्रिम टिकट बुकिङ खुला गर्ने बताएको थियो । तर, नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको र सोही अनुसार नेपालमा पनि मूल्य बढाएको हो । त्यसले यातायात क्षेत्रमा ठूलो असर गरेको भन्दै महासङ्घले आजबाट खोल्ने भनेको अग्रिम टिकट बुकिङ नखोलेको हो ।

राष्ट्रिय यातायत व्यवसायी महासङ्घले हालै बढेको डिजेलको मूल्य सरकारले फिर्ता नलिएर अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ ।
नेपाल आयल निगमले दसैको मुखमा डिजेको मूल्य बढाएको र त्यसको प्रत्यक्ष असर यातायात क्षेत्रमा परेकाले बढेको मूल्य फिर्ता नलिएसम्म अग्रिम टिकट बुकिङ नखुल्ने भएको महासङ्घका महासचिव सरोज सिटौलाले बताए ।

महासङ्घको बिहीबार बसेको बैठकले सरकारले डिजेलको मूल्य फिर्ता नलिए अग्रिम टिकक खुला नगर्ने निर्णय गरेको छ । महासङ्घले सरकारसँग गत भदौ २३ गते गरेको सम्झौताअनुसार असोज पाँच गतेबाट अग्रिम टिकट बुकिङ खुला गर्ने बताएको थियो । तर, नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको र सोही अनुसार नेपालमा पनि मूल्य बढाएको हो । त्यसले यातायात क्षेत्रमा ठूलो असर गरेको भन्दै महासङ्घले आजबाट खोल्ने भनेको अग्रिम टिकट बुकिङ नखोलेको हो ।

सरकारले यातायात व्यवसायीको खाता रोक्का गरेको र उनीहरुले रोका खाता खोल्न सरकारसँग बारम्बार बार्गेनिङ गर्दै आएका थिए । अहिले पनि डिजेलको मूल्य बढेको बहाना देखाउँदै रोक्का खाता खोल्न दबाब दिएका हुन् ।

सरकारसँग भएको बार्तामा पनि उनीहरुले रोक्का खाता खोल्न आग्रह गरेको थिए । तर, सरकारले त्यो खाता खोलेको थिएन । तर, यहि बेला सरकारले डिजेलको मूल्य बढाएकाले व्यवसायीलाई नयाँ बहाना भएको र सोही बहाना देखाएर दसैमा घर जाने यात्रुलाई ढाड सेक्ने दाउमा व्यवसायी रहेको उपभोक्ताकर्मीको भनाइ छ ।