चाबी थुत्न थालेपछि पेट्रोलियम पदार्थ लोड हुन थाल्यो

थानकोटबाट अहिले २० गाडी लोड भएको बताए । ‘आज र भोलिमा काठमाडौंमा पेट्रोलियम पदार्थकाे हाहाकार कम हुन्छ,’ उनले भने, ‘पेट्रोलियम पदार्थ व्यवस्थापनमा निगम लागेको छ ।’ निगमसँग पर्याप्त मात्रमा पेट्रोलियम पदार्थ हुँदा पनि उपभोक्ताले मर्का खेप्नु परेको उनको भनाइ छ ।

नेपाल आयल निगमले ट्याङ्करको चाबी थुत्न थालेपछि चालकहरुले थानकोट डिपोबाट तेल उठाउन सुरु गरेका छन् । अहिलेसम्म २० गाडी लोड भइसकेको निगमले जनाएको छ ।

ट्याङकर चालकविरुद्ध निगम आक्रामक बनेपछि चालक डराएर थानकोटबाट धमाधाम तेल उठाउन थालेको थानकोट डिपो प्रमुख भरत रेम्मीले जानकारी दिए । अहिले सञ्जय पेट्रोलपम्प सुन्धारा, कनक पेट्रोलपम्प टेकु, भद्रकालीलगायतका पम्पमा तेल आउन सुरु भइसकेको छ ।
त्यसैगरी, अन्य पम्पमा पनि तेल जाने कार्य सुरु भएको थानकोटले जनाएको छ । चालकको सम्पूर्ण माग पूरा गर्दा पनि राज्यलाई अप्ठ्यारो पार्ने कसैलाई पनि नछाड्ने निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराइले जानकारी दिए ।

‘उनीहरुले भनेअनुसार निगमले गर्दा पनि अप्ठ्यारो बनाउने कोही पनि उम्किँदैनन्,’ उनले भने, ‘सरकारले दीर्घकाल र तत्कालका लागि वैकल्पिक उपाय खोज्न लागेको छ ।’  ‘अहिलेका चालकबाट सरकारलाई जुनसुकै बेला पनि अप्ठ्यारो पर्न सक्छ, त्यसलाई मध्यनजर गरेर निगमले दीर्घकालीन रुपमा समाधान खोज्न लागेको छ,’ उनले भने ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतले थानकोटबाट अहिले २० गाडी लोड भएको बताए । ‘आज र भोलिमा काठमाडौंमा पेट्रोलियम पदार्थकाे हाहाकार कम हुन्छ,’ उनले भने, ‘पेट्रोलियम पदार्थ व्यवस्थापनमा निगम लागेको छ ।’ निगमसँग पर्याप्त मात्रमा पेट्रोलियम पदार्थ हुँदा पनि उपभोक्ताले मर्का खेप्नु परेको उनको भनाइ छ ।