जेसीबी मेसिन अब मात्र २० प्रतिशत डाउन पेमेन्टमा

जेसीबी निर्माण तथा हेभि इक्विपमेन्टको एमएडब्ल्यू अर्थमुभर्स प्रालिले ‘विकासका लागि निर्माण निर्माणका लागि जेसीबी’ अभियान सुरु गरेको छ । बुधबार काठमाडौँमा आयोजित एक पत्रकार सम्मेलनद्धारा एमएडब्ल्यू अर्थमुभर्सका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाल र एनसीसी बैंकका सिइओ रमेश राज अर्यालले अब ग्राहकले मात्र २० प्रतिशत डाउन पेमेन्टमा जेसीबी ब्राण्डका मेसिन खरिद गर्न पाउने नयाँ अफरको बारेमा जानकारी गराएका थिए ।
एमएडब्ल्यूअर्थमुभर्सका सेल्स एण्ड मार्केटिङ हेड दिपकराज गिरीले भने ‘नेपालमै सबैभन्दा बढि रुचाइएको ब्राण्ड बन्नु र देश विकासमा सहभागी हुन पाउनु हाम्रो लागि गर्वको कुरा हो । हामीलाई विश्वास छ, २० प्रतिशत डाउन पेमेन्ट अफरले जेसीबी मेसिन खरिद गर्दा ग्राहक लाभान्वित हुनेछन् ।’
एस्काभेटर, ब्याकहो लोडर, रोलर, कम्प्युटर, ह्वील लोडर, लोडअल र रोबोट लगायतका उत्पादन बजारमा ल्याएको जेसीबी नेपालमा नम्बर १ ब्राण्डका रुपमा स्थापित भएको पनि गिरीले जानकारी दिए ।
देशभर ११ स्थानमा ‘थ्रि एस’ सुविधासहितको शाखा, चार वटा आधिकारिक विक्री केन्द्र र एक सय ६६ जना सर्भिस इन्जिनियर जेसीबीका ग्राहकको सेवामा सदा तत्पर रहेको बताउँदै हाल जेसीबीले काठमाडौँ, पोखरा, बुटबल, धनगढी, इटहरी, वीरगञ्ज, चितवन, दाङ, सुर्खेत र जनकपुरबाट सेल्स, सर्भिस र स्पेयरको सेवा दिएको छ ।