आफ्नो आर्थिक अवस्था मजबुत बनाउन सकिने १० प्रयास

तपाईंले आफ्नो वित्तीय स्थिति कमजोर हुन रोक्नुपर्छ तथा परिवर्तन गर्न सुरु गरिहाल्नुपर्छ । त्यसैले यहाँ केही सुझाव दिइएका छन्, तिनले तपाईंलाई पक्कै पनि आर्थिक अवस्था मजबुत बनाउन सहयोगी भूमिका निर्वाह गर्नेछन् ।

तपाईंले जेसुकै काम गर्नुहोस्, आफ्नो परिस्थितिमा फस्नुभएको छ, अथवा अगाडि बढ्न सक्नुहुन्न भने आफ्नो वित्तीय क्षेत्र सम्हाल्ने तरिकामा केही परिवर्तन गर्न आवश्यक छ । तपाईंले आफ्नो वित्तीय स्थिति कमजोर हुन रोक्नुपर्छ तथा परिवर्तन गर्न सुरु गरिहाल्नुपर्छ । त्यसैले यहाँ केही सुझाव दिइएका छन्, तिनले तपाईंलाई पक्कै पनि आर्थिक अवस्था मजबुत बनाउन सहयोगी भूमिका निर्वाह गर्नेछन् ।

आफ्ने क्रेडिट कार्ड चलाउन बन्द गर्नुहोस्
यदि तपाईं सधैं महिनाको खर्च टार्न सङ्घर्ष गरिरहनुभएको छ भने तपाईंले केही किन्नका लागि आफ्नो क्रेडिट कार्डमा विश्वास गर्न सक्नुहुन्छ । तथापि, यदि तपाईं साच्चि नै आफ्नो आर्थिक हैसियत परिवर्तन गर्न चाहनुहुन्छ भने तपाईंले आफ्नो क्रेडिट कार्डको उपयोग गर्न छाड्दििनुपर्छ । तपाईंले आफ्नो कार्डमा पैसा राख्दै जानुभयो भने हरेक महिना बढीभन्दा बढी त्यो सकिँदै जान्छ र महिना मर्दा तपाईसँग न्यूनतम पैसा बाँकी रहन्छ । आफ्नो क्रेडिट कार्ड घरमै छोड्नुहोस् । साथै आफ्नो बजेटमा नियन्त्रण गर्नुहोस्, जसबाट तपाईं आफ्नो आर्थिक हैसियत परिवर्तन गर्न सक्नुहुन्छ ।

सन्तानको शैक्षिक ऋणको ख्याल गर्नुहोस्
यदि तपाईं आफ्ना छोराछोरीको शैक्षिक ऋणबारे सचेत हुनुहुन्न भने वर्षौंसम्म त्यसको भारले तपाईंलाई थिचिरहन्छ । तपाईंलाई त्यो ऋण घटाउने आवश्यकता हुन सक्ला, तर हेर्नुस् त्यो ऋण मिनाहा पाउने हैसियतमा हुनुहुन्छ कि । अथवा त्यसलाई ऋण चुक्ता योजनामा स्थानान्तरण गर्न मिल्छ कि । जति सक्दा छिटो शैक्षिक ऋणलाई व्यवस्थित गर्न तपाईंले केही न केही गर्नैपर्ने हुन्छ ।

प्रत्येक साता बचत गर्न थाल्नुहोस्
एउटा अर्को चुनौती छ, हरेक साता बचत खातामा पैसा जम्मा गर्नुपर्ने । हुनसक्छ यो पैसा तपाईंले किराना सामान किन्दा बचाएको हो । यो एउटा निर्धारित राशि हुन सक्छ । जुन तपाईंको तलबबाट काटिएको हुन्न । आफ्नो बचत बढाउने तरिका खोज्नुहोस् । हरेक महिना आफैलाई केही रकम दिन सुरु गर्नुहोस् । छिटै पैसा जम्मा हुन थाल्छ । सातामा केवल दुई हजारबाट सुरु गर्नुस्, हेर्दाहेर्दै वर्ष दिनमा एक लाखभन्दा बढी जोगाउन सक्नुहुन्छ ।

छिट्टै खर्च गर्ने गर्नुहोस्
एउटा अर्को चुनौती जसले तपाईंलाई आफ्नो खर्च रोक्न सहयोग गर्न सक्छ,– त्यो हो तीव्रगतिमा खर्च गर्नु । पैसा छिटै खर्च गरेपछि तपाईं त्यस्तो परिस्थितिमा पुग्नुहुन्छ जहाँ केही दिनसम्म खर्च गर्न बन्द गर्नु हुन्छ । यस्तो खर्च गर्न बन्द हुने अवस्था प्रायः महिनौंसम्म हुनसक्छ, केही किराना सामानबाहेक । यसले तपाईंको खर्च गर्ने प्रवृत्ति परिवर्तन गर्न सहयोग गर्न सक्छ । साथै यसले तपाईं के किन्न खोज्नु भएको हो त्यसको साटो के किन्न आवश्यक छ त्यसको मूल्याङ्कन गर्न सहयोग पुर्याउन सक्छ ।

आफ्नो बचतलाई सुरक्षित राख्नुहोस्
यदि तपाईं हरेक महिना आफ्नो बचत खातामा पैसा राख्दै हुनुहुन्छ, त्यो राम्रो हो । तर, वास्तवमा तपाईंको बचत बढिरहेको छैन भने तपाईंले आफ्नो बचतलाई आफैबाट जोगाउन ठोस कदम चाल्नु पर्ने आवश्यकता हुन सक्छ । यस्तो कदमका रुपमा तपाईंले आफ्नो बचतलाई अनलाइन बैङ्कमा सार्ने अथवा आपातकालीन कोष सुरू गर्ने जस्ता काम हुन सक्छन् ।

सेवा निवृत्तिपछिको बचत बढाउनुहोस्
तपाईं आफ्नो पहिलो जागिर अथवा व्यवसाय सुरु गरेदेखि नै सेवानिवृत्तिका लागि बचत सुरू गर्नु आवश्यक हुन्छ । यदि तपाईं ऋणमुक्त हुन केही गरिरहनु भएको छ भने तपाईंको कम्पनीले काट्ने किस्तामा केही प्रतिशत तपाईं आफैले थप गरी पठाउनुहोस् । यदि तपाईंले कुनै ऋण लिनुभएको छैन भने, आफ्नो आम्दानीको १५ प्रतिशतसम्म योगदान नपुग्दासम्म बचत बढाउनेतिर लाग्नुहोस् ।

अतिरिक्त आयआर्जनको स्रोत खोज्नुहोस्
कहिलेकाहीँ आर्थिक मुद्दा खर्चको मुद्दा नहुन सक्छ, तर आयको मुद्दा हुन्छ । एउटाभन्दा बढी आयको स्रोत हुनु पनि बहुत राम्रो हो । यसले अतिरिक्त स्थिरता दिन्छ, खासगरी यदि तपाईं एकल अथवा घरको एक्लो कमाउ व्यक्ति हुनुहुन्छ भने । आफ्नो जागिरभन्दा भिन्दै कुनै आयस्रोतको बाटो खोज्नुहोस् जहाँ तपाईंलाई गरिरहेको कामभन्दा अतिरिक्त आय आर्जन गर्ने अनुमति मिल्छ । निष्क्रिय आय सम्पत्ति बढाउने अथवा ऋण तिर्ने पैसा जम्मा गर्ने एउटा गज्जबको तरिका हो ।

आफ्नो कार्यकौशल बढाउनुहोस्
एउटा अर्को महत्वपूर्ण कुरा, तपाईंले आफ्नो जागिरको सुरक्षा बढउन सक्नुहुन्छ । यसो गर्ने एउटा तरिका यो सुनिश्चित गर्नु हो कि कार्यालयमा प्रतिस्पर्धी बनिरहन तपाईंसँग पर्याप्त आवश्यक कौशल छ । यसको अर्थ यो हो कि तपाईको वर्तमान कार्यालयमार्फत् तालिम आदिका माध्यमले अतिरिक्त प्रमाणपत्र या प्रशिक्षण लिनु । यसको उपाय शैक्षिक बिदा लिएर अर्को डिग्री हासिल गर्नु हुन सक्छ ।

उचित रकमको बिमा गर्नुहोस्
तपाईंले सही मस्ल्यको बिमा पोलिसी लिएर आफ्नो आर्थिकस्थिति सुरक्षित गर्न सक्नुहुन्छ । यसमा आफ्नो वाहन, घर, स्वास्थ्य तथा जीवन बिमा समावेश हुनुपर्छ । बिमाले तपाईंलाई ती तमाम बिपतबाट जोगाउँछ जसले तपाईंको आर्थिक स्थितिलाई पेचिलो बनाउन सक्छन् । यदि तपाईंले अझैसम्म बिमा गर्नु भएको छैन भने आजै एउटा गतिलो पोलिसी लिन बिमा कम्पनीमा सम्पर्क गरिहाल्नुहोस् ।

कर्मचारीले पाउने सबै लाभ लिनुहोस्
तपाईंको सेवानिवृत्त तथा स्वास्थ्य बिमाका अतिरिक्त तपाईंको कम्पनीले अन्य कर्मचारी लाभ जस्तै– दन्त बिमा, दृष्टि बीमा तथा लचिलो खर्च योजना दिन सक्छ । यी यस्ता सबै सेवामा अतिरिक्त पैसा खर्च गर्नु तपाईं खासै उपयोगी नहुन सक्छ, तर कुनै कुनै योजना आर्थिक रुपले साच्चिकै फलदायी हुन्छन् । कार्यालयबाट दिइने यस्ता योजनाबाट फाइदा पुग्छ कि पुग्दैन भनेर राम्ररी विचार पुर्याउनुहोस्, यसका लागि केही समय लाग्छ भने पनि ठिक छ ।
(मिरियम काल्डवेलद्वारा लिखित तथा ‘द ब्यालेन्स डट कम’ अनलनइनमा प्रकाशित लेखको अनौपचारिक अनुवाद ।)