थानकोट पछि अमलेखगन्जमा पनि तेल उठ्यो, वीरगन्जमा प्रयास जारी

त्यसैगरी अहिले वीरगन्जका चालक पनि तेल उठाउने तयारीमा छन् । मुलुकी ऐनमा भएको प्रावधान विरुद्ध चालकहरु एकजुट भएर आन्दोलनमा लागेपछि मुलुकभर पेट्रोलियम पदार्थ हाहाकार भएको थियो । निगमसँग पर्याप्त मात्रामा पेट्रोलियम पदार्थ हुँदा पनि चालकले दादागिरि देखाउँदा समस्या भएको भट्टराईले जानकारी दिए ।

थानकोट पछि अमलेखगञ्जमा पनि तेल उठ्न थालेको छ । नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराइले विरगञ्जबाट पनि तेल उठाउनका लागि प्रयास जारी राखिएको बताए ।

अमलेखगन्जका चालकले आफ्नो माग पूरा नभएको भन्दै तेल नउठाउने बताइरहेका थिए । तर, निगमले सम्पूर्ण ट्याङ्करको चाबी थुत्ने बताएपछि अमलेखगञ्जले पनि तेल उठाउन सुरु गरेको छ ।

त्यसैगरी अहिले वीरगन्जका चालक पनि तेल उठाउने तयारीमा छन् । मुलुकी ऐनमा भएको प्रावधान विरुद्ध चालकहरु एकजुट भएर आन्दोलनमा लागेपछि मुलुकभर पेट्रोलियम पदार्थ हाहाकार भएको थियो । निगमसँग पर्याप्त मात्रामा पेट्रोलियम पदार्थ हुँदा पनि चालकले दादागिरि देखाउँदा समस्या भएको भट्टराईले जानकारी दिए ।

काठमाडौंको अधिकाशं पम्प तेल आउनेक्रम जारी

थानकोट डिपोबाट विभिन्न पम्पमा तेल आउनेक्रम जारी रहेको छ । डिपो प्रमुख भरत रेग्मीका अनुसार अहिले सुन्धराको सञ्जय पेट्रोलपम्प, टेकुको कनक, साझा, भद्रकाली, शान्तिनगरको हरिसिद्धि पम्प, नयाँ बानेश्वरको थ्री ब्रदर्समा थानकोटबाट पेट्रोलियम पदार्थ आइसकेको छ ।