नेपाल आयल निगमले तेल वितरणमा कोटा प्रणाली तोकेको छ । पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका चालक आन्दोलनमा उत्रिएपछि उसले इन्धनमा कोटा प्रणाली तोकेको हो । सर्वसाधारणलाई पेट्रोलियम पदार्थ सहजताका लागि कोटा तोकिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । निगमले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन र वाग्मती पेट्रोलियम डिलर्स एसोसिएसनलाई पत्राचार गर्दै मोटरसाइकल, स्कुटरलाई...
नेपाल आयल निगमले तेल वितरणमा कोटा प्रणाली तोकेको छ । पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका चालक आन्दोलनमा उत्रिएपछि उसले इन्धनमा कोटा प्रणाली तोकेको हो ।
सर्वसाधारणलाई पेट्रोलियम पदार्थ सहजताका लागि कोटा तोकिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । निगमले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन र वाग्मती पेट्रोलियम डिलर्स एसोसिएसनलाई पत्राचार गर्दै मोटरसाइकल, स्कुटरलाई बढीमा पाँच र अन्य हलुका सवारीसाधन कार, भ्यानलाई बढीमा १५ लिटर पेट्रोल, डिजेल बिक्री गर्न निर्देशन दिएका छन् ।
निगमले डिजेलबाट सञ्चालन हुने छोटो दूरीका सवारीसाधनलाई बढीमा ५० लिटर र लामो दूरीका सवारीलाई बढीमा सय लिटरसम्म उपलब्ध गराउने व्यवस्था गर्न सबै पेट्रोल पम्पलाई निर्देशन दिएको छ ।
ट्याङ्कर नचलाउनेहरुको सरकारले साँचो थुतेर आफंै चलाउने चेतावनीपछि थानकोट र अमलेखगन्जबाट पेट्रोलियम पदार्थको ढुवानी भइरहेको छ । त्यसैले शनिबारसम्म पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने गोइतको भनाइ छ ।