अग्रिम टिकट बुकिङको टुङ्गो सोमबार

पेट्रोलको मुल्य बढेअनुसार भाडादर बढाउनुपर्ने सर्त पूरा नभएको भन्दै अग्रिम टिकट बुकिङ नखुलाएका व्यवसायीले शनिबार सरकारले भाडादर १० प्रतिशत बढाउने सहमति गरेसँगै अग्रिम टिकट बुकिङ खुलाउने निधो गरेका हुन् ।

दसैंका लागि अग्रिम टिकट बुकिङ कहिले खुलाउने भन्नेबारे सोमबार टुङ्गो लाग्ने भएको छ । पेट्रोलको मुल्य बढेअनुसार भाडादर बढाउनुपर्ने सर्त पूरा नभएको भन्दै अग्रिम टिकट बुकिङ नखुलाएका व्यवसायीले शनिबार सरकारले भाडादर १० प्रतिशत बढाउने सहमति गरेसँगै अग्रिम टिकट बुकिङ खुलाउने निधो गरेका हुन् ।

टिकट कहिले खुलाउने भन्नेबारे सोमबार राष्ट्रिय यातायात व्यवसायी महासङ्घको बैठकले मिति तोक्ने अध्यक्ष योगेन्द्र कमाचार्यले जानकारी दिए । सोमबारको बैठकले मिति तोकेर टिकट खुलाउनेबारे निर्णय गर्ने उनले बताए । व्यवसायीको आकस्मिक बैठक सोमबार दिउँसो १ बजे बस्ने कर्माचार्यले जानकारी दिए ।