सुजुकी बाइक तथा स्कुटरमा छुट

यो योजना अन्तर्गत बाइकको खरिदमा आठ हजार तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ छुट पाउने छन् ।

दसैं तथा तिहारको उपलक्ष्यमा ग्राहकले नेपाल भरीको कुनै पनी सुजुकी शोरुमबाट सुजुकी बाइक तथा स्कुटर खरिद गर्दा छुट पाउने भएका छन् । यो योजना अन्तर्गत बाइकको खरिदमा आठ हजार तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ छुट पाउने छन् । नेपालका लागि विशाल ग्रुपअन्तर्गतको भीजी अटोमोबाइल्सले जापानमा बनेका सुजुकी बाइक र स्कुटर बिक्री वितरण गर्छ ।

बम्पर उपहारमा बाइक तथा स्कुटर खरीद गर्ने १० जना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत बिजयी भई जापान जान पाउने छन् । यो स्कीम यही भदौ २० देखिगते कार्तिक ३० गतेसम्म लागू हुनेछ । यस योजनाभरि फाइनान्स र एक्सचेन्ज सुविधा हुनेछ । कम्पनीले ५ वर्ष वारन्टी समेत दिएको बताएको छ ।

यस योजनमा बाइक र स्कुटर गरी चार हजार दुई सय थान बेच्ने लक्ष्य रहेको भीजी अटोमोबाइल्सका मार्केटिङ म्यानेजर नवराज कोइरालाले जानकारी दिए ।