न्यूरोडको ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको कम्पनीले विभिन्न ब्रान्डका स्मार्टफोन किस्ताबन्दीमा किन्दा विभिन्न उपहार पनि प्राप्त गर्नसक्ने अफर सार्वजनिक गरेको छ ।
ग्राहकलाई १ रूपैयाँमा नै मोबाइल फोन उपलब्ध गराउँदै आएको कम्पनी ईजी मोबाइल केयर प्रालिले दसैं, तिहार र छठ पर्वको अवसर पारेर बैङ्कका क्रेडिट कार्ड भएका ग्राहकहरुका लागि फेस्टिवल अफर ल्याएको छ ।
न्यूरोडको ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको कम्पनीले विभिन्न ब्रान्डका स्मार्टफोन किस्ताबन्दीमा किन्दा विभिन्न उपहार पनि प्राप्त गर्नसक्ने अफर सार्वजनिक गरेको छ ।
‘बैङ्कको क्रेडिट कार्ड देखाउनुस्, शून्य प्रतिशत र किस्ताबन्दीमा स्मार्टफोन लैजानुस्’ अफरअन्तरगत हाल ग्लोबल आर्इएमर्इ, सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट, मेगा, नबिल, सेन्चुरी, माछापुच्छ्रे, प्रभु, तथा कुमारी बैङ्कका क्रेडिट कार्ड प्रयोगकर्ताले यसको फाईदा उठाउन सक्नेछन् ।
यो अफरअन्तरगत सुविधा लिन आफ्नो क्रेडिट कार्डमार्फत मासिक किस्ताबन्दी र शून्य ब्याजमा कुनैपनि ब्रान्डको स्मार्टफोन किन्न सकिने छ ।
कम्पनीले विशेषगरी बैङ्कका क्रेडिट कार्ड होल्डरलाई सहज र सुविधाजनक रुपमा मासिक किस्ताबन्दीमा स्मार्टफोन उपलब्ध गराउने गरी यो योजना ल्याएको ईजी मोबाइल केयरका अध्यक्ष संजित पौडेलले बताए ।
‘हामी १ रूपैयाँमा स्मार्टफोन र मासिक किस्ताबन्दीमा स्मार्टफोन दिने नेपालकै पहिलो र एक मात्र कम्पनी हौं, बैङ्कका क्रेडिट कार्ड होल्डरले सजिलोसँग नै मनपरेको स्मार्टफोन किन्न सक्ने सुविधा दिएका छौं,’ उनले भने ।
कम्पनीले क्रेडिट कार्डसहित नगदमा स्मार्टफोन किन्ने ग्राहकका लागि पनि सुविधा र अफर दिएको छ । ग्राहकले विभिन्न स्मार्टफोनमा न्यूनतम ५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट पाउने छन् । कम्पनीले पुराना फोन साटेर नयाँ फोन किन्न सकिने एक्सचेन्ज सुविधा पनि दिईरहेको छ ।
सीमित अवधिका लागि घोषणा गरिएको अफरअन्तरगत किस्ताबन्दीमा कुनै ब्याज लाग्ने छैन भने ग्राहकले आफ्नो चाहनाअनुसार बाँकी रकम ६ महिना, १२ महिना, १५ महिना र १८ महिनाको किस्ता छनौट गरेर भुक्तानी गर्ने सुविधा दिइएको छ ।
कम्पनीबाट किनेका फोनमा थप १ वर्षको वारेन्टी सुविधा प्राप्त छ भने यो अफरअन्तरगत बिग्रेका मोबाइल फोन घरमै लिन आउने र मर्मतपछि पुर्याईदिने व्यवस्था उपलब्ध छ ।