७५ हजार बढीले अवलोकन गरे फर्निचर एक्स्पो

सोमबार सकिएको एक्स्पो अवलोकनकर्ताको बाक्लो उपस्थितिले आयोजक उत्साहित भएका छन् ।

नेपाल फर्निचर तथा फर्निसिङ सङ्घले आयोजना गरेको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१८) को ७५ हजार बढीले अवलोकन गरेका छन् । सोमबार सकिएको एक्स्पो अवलोकनकर्ताको बाक्लो उपस्थितिले आयोजक उत्साहित भएका छन् ।

दसैंलाई लक्षित गर्दै भारी छुटमा समान उपलब्ध गराएका कारण अवलोकनकर्ताको भीड लागेको एक्स्पोमा अधिकांश अवलोकनकर्ताले सामान बुकिङ गरेका छन् । सङ्घका अध्यक्ष राजेशकाजी अग्रवालले भने, ‘व्यापरका हिसाबमा ठूलो रकमको सामान बुकिङ भएको छ । यसले हामीलाई आगामी वर्षहरुमा अझ बिस्तारित शैलीमा एक्स्पो आयोजना गर्न उत्साहित बनाएको छ ।’

dav

इभेन्ट सोलुसनका प्रबन्ध निर्देशक विजयसागर प्रधानले ७५ हजार बढीले एक्स्पो अवलोकन गरेको बताए । फर्निचर एक्स्पोले आफूहरुलाई पनि उत्साहित बनाएको उनको भनाइ छ ।

नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रुपमा एक्स्पो आयोजना हुँदै आएको छ ।