टीभीएस र जगदम्बाको तीन वर्षे सहयात्रा : दरबारमार्ग स्ट्रीट फेस्टिभल

फेस्टिभल टीभीएस मोटर र जगदम्बा मोटर्सको तीन वर्षको यात्रा पूरा भएको उपलक्ष्यमा आयोजना गरिएको हो ।

चर्चित दुई पाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारी उत्पादक कम्पनी टीभीएस मोटरले नेपालका लागि वितरक कम्पनी जगदम्बा मोटर्ससँगको सहकार्यमा काठमाडौंको दरबारमार्गमा सडक म्युजिक फेस्टिभल आयोजना गरेको छ । फेस्टिभल टीभीएस मोटर र जगदम्बा मोटर्सको तीन वर्षको यात्रा पूरा भएको उपलक्ष्यमा आयोजना गरिएको हो ।

सडक म्युजिक फेस्टिभलमा भारतीय चर्चित र्यापर तथा गायक बादशाह तथा नेपाली कलाकार इन्दिरा जोशी, एड रे तथा एज ब्यान्डले आफ्नो प्रस्तुति दिएका थिए । साथै, बुगी उगीका तीन फाइनलिस्टले पनि आफ्नो प्रस्तुति दिएका थिए ।

टीभीएस र जगदम्बा मोटर्सको तीन वर्षे सहर्कायमा विभिन्न प्रडक्ट भित्रिएको छ । टीभीएस अपाचे आरआर ३१०, एनटर्क १२५ र अपाचे १६० ४भी हालै सार्वजनिक गरिएका नयाँ प्रडक्ट हुन् ।

कम्पनीले टु ह्वीलरमा टीभीएस अपाचे आरआर ३१०, अपाचे आरटीआर १६० २भी, आरटीआर ४भी, आरटीआर १८० र २०० ४भी, स्ट्राइकर, स्टार सिटी पल्स, भिक्टर, एनर्टक १२५, वीगो, जुपिटर वेस, जेडएक्स क्लासिक, ड्याज, जेस्ट ११०, एक्सएल १००, एक्सएल १०० हेभी ड्यूटी तथा थ्री ह्वीलरमा २०० सीसी टीभीएस किङ बिक्री गरिरहेको छ ।