धमाधम पक्राउ पर्न थाले मोबाइल तस्कर

विभागबाट मङ्गलबार खटिएको टोलीले एक जना युवालाई नियन्त्रणमा लिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए । ‘ती युवाले सामसुङ एस–९ मोबाइल बिक्रीका लागि लिएर हिँडेका बेला पेप्सीकोलाबाट नियन्त्रणमा लिइएको हो,’ मैनालीले क्यापिटल नेपालसँग भने, ‘युवाले उक्त मोबाइल बेचेबापत एक हजार ५ सय रुपैयाँ पाउने बयान दिएका छन् ।’

काठमाडौंमा तस्करी भएर भित्रिएका मोबाइल छ्याप्छ्याप्ती उपलब्ध हुन थालेको समाचार प्रकाशित भएपछि राजस्व अनुसन्धान विभागले भन्सार छलेर आएका मोबाइल धमाधम नियन्त्रणमा लिन थालेको छ ।

विभागबाट मङ्गलबार खटिएको टोलीले एक जना युवालाई नियन्त्रणमा लिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए । ‘ती युवाले सामसुङ एस–९ मोबाइल बिक्रीका लागि लिएर हिँडेका बेला पेप्सीकोलाबाट नियन्त्रणमा लिइएको हो,’ मैनालीले क्यापिटल नेपालसँग भने, ‘युवाले उक्त मोबाइल बेचेबापत एक हजार ५ सय रुपैयाँ पाउने बयान दिएका छन् ।’

तस्करी भएर आएको मोबाइल फेला परेकाले नियन्त्रणमा लिएर उनलाई अनुसन्धान सुरु गरिएको विभागले जनाएको छ । ‘ती युवाले मोबाइल बेच्न मात्रै लिएर हिँडेका हुन्,’ मैनालीले भने, ‘तर, हामी उनकै माध्यमबाट तस्करीसम्म पुग्ने कोसिुमा छौं । छिटै तस्करलाई पनि नियन्त्रणमा लिन्छौं ।’ अनुसन्धानकै क्रममा भएकाले विभागले ती युवाको परिचय खुलाउन चाहेन ।

खासगरी, महँगा मोबाइल तस्करी भएर नेपाल भित्रिरहेको भन्ने सुन्नमा आएको छ । कम मूल्यकाभन्दा पनि बढी मूल्यका मोबाइल तस्करी हुन सक्ने भन्दै विभागले अनुसन्धानलाई तीव्र बनाएको छ ।

‘हामीले नियन्त्रणमा लिएका युवा आफैं तस्करीमा संग्लन जस्तो देखिँदैनन्,’ उनले भने, ‘तर, उनको ‘नेक्सस’ तस्करसँग हुन सक्ने र सोही माध्यमबाट तस्कर समाउने हाम्रो दाउ हो ।’

केही दिनअघि मात्रै ताम्राकार हाउसबाट पनि तस्करी भएर भित्रिएका मोबाइल बेचिरहेकै बेला प्रहरीले व्यापारीलाई पनि नियन्त्रणमा लिएको थियो । त्यसैगरी, विभागले काठमाडौंका ठूला मललाई पनि उच्च निगरानीमा राखेको छ । खासगरी, ताम्राकार हाउस, बिजीमल, केएल टावर, सीटीसी मललगायतलाई निगरानीमा राखेको विभागले जनाएको छ ।