उद्योग , बाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले सहसचिव स्तरीय बैठक स्थगित भएको पुष्टि गरे । बैठकका लागि आवश्यक तयारी गरि भारतबाट समेत धेरै अधिकारीहरु नेपाल आएपनि अन्तिम समयमा भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयका सहसचिव सञ्जय सुधिर नआउने भएपछि बैठक स्थगित भएको जानकारी दिए ।
अमलेखगंजदेखि चितवनसम्म पाइपलाइन निर्माणका लागि नेपाल र भारतका हुने भनिएको सहसचिव स्तरीय बैठक स्थगित भएको छ । अमलेखगंजदेखि चितवनसम्म पाइपलाइन निर्माणका लागि नेपालले भारतसँग राखेको प्रस्तावका बारेमा छलफल गर्न बुधवारबाट नेपाल र भारत संयुक्त वर्किङ कमिटीको बैठकको आयोजना गरेको थियो । नेपालले राखेको प्रस्तावमा भारतीय मन्त्री मण्डलले स्वीकृत नदिएकै कारण अन्तिम समयमा बैठक स्थगित भएको जनाएको छ ।
उद्योग , बाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले सहसचिव स्तरीय बैठक स्थगित भएको पुष्टि गरे । बैठकका लागि आवश्यक तयारी गरि भारतबाट समेत धेरै अधिकारीहरु नेपाल आएपनि अन्तिम समयमा भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयका सहसचिव सञ्जय सुधिर नआउने भएपछि बैठक स्थगित भएको जानकारी दिए । तर भारतीय पेट्रोलियम तथा ग्यासमन्त्री धर्मेन्द्र प्रधान भने शुक्रबार नेपाल आउने छन् ।
ग्यासमन्त्री प्रधान र आपुर्ति मन्त्री मात्रिका प्रसाद यादव विच दुईपक्षिय भेटघाट मात्र हुने सहसचिव ढकालको भनाइ छ । दुई मन्त्री विच हाल काम भइरहेको मोतिहारीदेखि अमलेखगंज पाइपलाइनको विषयमा छलफल हुने जनाएको छ ।