ग्लोबल कन्सल्टको चौथो शाखा होबार्टमा

एजुकेशन र माइग्रेसन कन्सल्टेन्सीमा ख्याती कमाएको ग्लोबल कन्सल्टले अष्ट्रेलियाको सुन्दर नगर ताजमानियाको होबार्टमा आफ्नो नयाँ शाखा स्थापना गरेको छ ।

कार्यक्रममा होबार्टका पूर्व मेयर डेमन थोमसले नेपालीहरुलाई आफ्नो नगरमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गरे । ग्लोबल कन्सल्टका चेयरम्यान योगेन्द्र पौडेल र म्यानेजिङ डाइरेक्टर दिपक क्षेत्रीले नेपाली समुदायलाई सेवा दिने उदेश्यले होबार्टमा शाखा संचालन गरिएको जानकारी दिए ।

होबार्ट शाखामा सूर्य देवकोटा र अनिशा श्रेष्ठको टिमले कोअर्डिनेशन गर्नेछन् । एजुकेशन र माइग्रेसनको क्षेत्रमा परामर्श सेवा उपलव्ध हुने तथा माइग्रेसन एजेन्ट सिम्रिता रन्जितकारबाट स्टेट नोमिनेशनको सेवा उपलव्ध हुने ग्लोबल कन्सल्टले जनाएको छ ।

होबार्ट सहित ग्लोबल कन्सल्टले सिड्नी, काठमाण्डौं र पोखरामा आफ्नो शाखा विस्तार गरिसकेको छ । शाखाको समुदघाटनका अवसरमा ताजमानियामा एक भव्य सांगितिक कार्यक्रमको आयोजना गरियो ।

लोकप्रिय गायक निशान भट्टराई , मिलन अमात्य, बादल प्रसाई र अर्थ व्याण्डले नेपालीहरुलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए ।
कार्यक्रममा रितन खड्का र सन्जु केसीको होस्टले दर्शकहरुको मन जितेको थियो । चार घण्टा लामो कार्यक्रममा नेपालीहरुको खचाखच उपस्थिति रहेको थियो ।