नयाँ दराज एपको लागि तयार हुनुहोस् !

नेपालको अनलाइन मार्केट, दराजले नयाँ प्रविधिमा आधारित नयाँ एप सेप्टेम्बर २९ बाट सार्वजनिक गर्दैछ । नयाँ एप पुरानोलाई अपडेट गरेर वा गुगल प्ले तथा एप स्टोरबाट डाउनलोड गरेर उपयोग गर्न सकिनेछ । नयाँ एप प्रयोगकर्ताको रोजाई अनुसार सामानहरु देखाउनेछ ।

नयाँ विशेषताहरुका साथै नयाँ सफ्ट्वेयर र एल्गोरिदमले बनेको नयाँ दराज एप नितान्त व्यक्तिगत एवं सुरक्षित हुनेछ ।

दराजले आफ्नो नयाँ एपमा ब्राण्ड भौचरका माध्यमबाट दैनिक रुपमा आकर्षक छुटहरु उपयोग गर्ने सुविधा दिएको छ । ‘डेली फ्लास सेल’ मा उपभोक्ताले विशेष सामान तथा ती सामानमा पाइने अफरको जानकारी पनि पाउने छन् । यस बाहेक उपभोक्ताले आफ्नो ‘विस लिष्ट’ मा राखेका सामानमा पाउने अफरहरुको जानकारी नियमित रुपमा देख्न सक्ने छन् ।

दराजको नयाँ फिचर तपाईका लागि मात्र हुनेछ जसमा उपभोक्ताको रोजाई अनुसारका सामान तथा सेवाका बारेमा सहज रुपमा जानकारी उपलब्ध हुनेछ । यसले आफ्नो चाहना अनुसारका ब्राण्ड तथा सामानको खोजी गर्न उपभोक्तालाई स्वचालित रुपमा मार्गनिर्देश गर्नेछ । ‘अल्गोरिदम एसिस्टेड फिचर’ ले उपभोक्तालाई दराजमा निश्चित सामान मात्र खोज्ने नभई सम्बन्धित धेरैभन्दा धेरै उत्पादनको खोजी गर्न पनि सहयोग गर्छ । यसले धेरै ब्राण्डका एकै किसिमका सामानसम्म उपभोक्तालाई पुर्याउन मद्धत पुग्छ ।