विद्युतीय बसमा व्यवसायीको प्रतिस्पर्धा, मयूर र सुन्दर यातायात आक्रामक

नेपालमा विद्युतीय बस सञ्चालन गर्न प्रेरित गरेको साझाले हो । तर साझाले ब्याट्रीबाट चल्ने विद्युतीय बस ल्याउने कार्य भने अवधारणमा मात्र सीमित भइरहेको छ । साझा यातायातले विद्युतीय बस ल्याउन सरकार तथा अन्य निकायसँग छलफल गरी गृहकार्य सुरु गरेको लामो समय भइसकेको छ । तर, अझैसम्म ल्याइसकेको भने छैन । अन्य निजी क्षेत्रका व्यवसायी भने दसैंलगत्तै सञ्चालन गर्न तातिइसकेका छन् ।

पछिल्लो समय कुन कम्पनीले पहिलो पटक विद्युतीय बस प्रारम्भ गर्न भन्ने होडबाजी चलिरहेको छ । विद्युतीय बस ल्याउन कम्पनी–कम्पनीबीचतीव्र तयारी भइरहेको छ । अहिले मयुर यातायात, साझा यातायात, सुन्दर यातायात, गोर्खा इको, काठमाडौं महानगर, ललितपुर महानगरपालिकालगायतले विद्युतीय बस ल्याउन विशेष तयारी थालिसकेका छन् ।

नेपालमा विद्युतीय बस सञ्चालन गर्न प्रेरित गरेको साझाले हो । तर साझाले ब्याट्रीबाट चल्ने विद्युतीय बस ल्याउने कार्य भने अवधारणमा मात्र सीमित भइरहेको छ । साझा यातायातले विद्युतीय बस ल्याउन सरकार तथा अन्य निकायसँग छलफल गरी गृहकार्य सुरु गरेको लामो समय भइसकेको छ । तर, अझैसम्म ल्याइसकेको भने छैन । अन्य निजी क्षेत्रका व्यवसायी भने दसैंलगत्तै सञ्चालन गर्न तातिइसकेका छन् ।

मयूर र सुन्दर यातायातले एक महिनाभित्र ठूला बस ल्याउने प्रतिबद्धता जनाइसकेका छन् । मयूर यातायातले यसअघि दसैं अगावै एक सय बस काठमाडौं ल्याइसक्ने जनाए पनि केही ढिलाइ हुने कम्पनीका अध्यक्ष मोहन श्रेष्ठ बताउँछन् । उनले चिनियाँ बस ल्याउन त्यहाँको कम्पनीसँग एग्रिमेन्ट गर्ने प्रोसेसमा रहेको बताए । मयूरले यो परियोजनाका लागि तीन अर्ब रुपैयाँ छुट्ट्याएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

त्यस्तै सुन्दर यातायातले पनि ठूला विद्युतीय बस सञ्चालन गर्ने तयारी गरिसकेको छ । सुन्दर यातायातले आगामी केही दिनमै तीन ओटा बस परीक्षण सञ्चालन गर्ने भनिसकेको छ । विद्युतीय बसका लागि चीनको सिचुवान गोहाङ अटोमोबाइलसँग सम्झौता भइसकेको कम्पनीका अध्यक्ष भेषबहादुर थापाले जनकारी दिए । काठमाडौं बाहिर पनि विद्युतीय बस सञ्चालन गर्ने योजना सुन्दरको छ । सुन्दरले यस परियोजनाको लागि १५ करोड रुपैयाँ विनियोजन गरिसकेको छ । पछि बस थपेर सेवा विस्तार गर्ने कम्पनीले बताएको छ ।

यस्तै गोर्खा इकोले पनि विद्युतीय बस ल्याउने प्रक्रिया थालिसकेको बताएको छ । तीन महिनाभित्र सेवा थाल्ने कम्पनीले बताएको छ । कम्पनीले पहिलो चरणमा दुई ओटा बस परीक्षण सञ्चालन गर्ने गृहकार्य गरेको छ । पछि काठमाडौं बाहिर पनि सञ्चालन गर्ने योजनामा छ सुन्दर ।

काठमाडौं र ललितपुर महानगरले पनि विद्युतीय बस सञ्चाल गर्ने तयारी गरे पनि हालसम्म कुनै प्रक्रिया थालेएका छैनन् । काठमाडौं महानगरपालिकाले गत दुई वर्षअगाडि विद्युतीय बस सञ्चालन गर्ने योजना बनाए पनि ती योजना अहिलेसम्म पनि कार्यन्वयनमा आइसकेका छैनन् ।

अहिले ल्याउने भनिएका सबै विद्युतीय बस सुविधायुक्त ४० देखि ५० सिटे हुनेछन् । विद्युतीय बसका लागि चार्जिङ् स्टेसन नेपाल विद्युत् प्राधिकरण तथा चिनियाँ कम्पनीले उपलब्ध गराउने व्यवसायीको भनाइ छ ।

अहिले भीआईपी सुविधासहितका विद्युतीय बसको मूल्य करिब दुई करोड रुपैयाँ पर्दछ । सुरुमा महँगो पर्ने भए पनि मर्मत खर्च डिजेल गाडीको भन्दा निकै कम पर्ने भएकाले विद्युतीय बसमा मन गएको सुन्दर यातायातका अध्यक्ष थापाको भनाइ छ । एक पटक ब्याट्री चार्ज गरेपछि तीन सय किलोमिटरसम्म कुद्ने, ब्याट्रीमा लामो समयको ग्यारेन्टी हुने भएकाले पनि बस सञ्चालमा कुनै समस्या नहुने व्यवसायीको भनाइ छ ।

तर, अहिले थुप्रै यातायात कम्पनी विद्युतीय बस ल्याउन तातिरहँदा पहिलो पटक कुन कम्पनीले गुडाउने हो, त्यो र्हेै बाँकी छ ।