ग्लोबल आइएमई र पाटन प्याथल्याबबीच सम्झौता

ग्लोबल आइएमई बैङ्क र पाटन प्याथल्याबबीच ल्याबले प्रदान गर्ने विभिन्न सेवा, स्वास्थ्य परीक्षण तथा सुविधाहरुमा दिइने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैङ्कले ल्याबसँग आफ्नाग्राहकलाई स्वदेशमै गुणस्तरीय परीक्षणमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा प्याथल्याबका अक्ष्यक्ष रेशम भट्टराई र बैङ्कका कार्ड बिक्री तथा बजार व्यवस्थापन...

ग्लोबल आइएमई बैङ्क र पाटन प्याथल्याबबीच ल्याबले प्रदान गर्ने विभिन्न सेवा, स्वास्थ्य परीक्षण तथा सुविधाहरुमा दिइने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैङ्कले ल्याबसँग आफ्नाग्राहकलाई स्वदेशमै गुणस्तरीय परीक्षणमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको हो ।

उक्त सम्झौतापत्रमा प्याथल्याबका अक्ष्यक्ष रेशम भट्टराई र बैङ्कका कार्ड बिक्री तथा बजार व्यवस्थापन विभागप्रमुख रवीन्द्र ढकालले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापश्चात् पाटन प्याथल्याबमा परीक्षण गराउँदा ग्लोबल आइएमई बैङकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका ग्राहक तथा कर्मचारीले ल्याबले प्रदानगर्ने विभिन्न सेवामा ३५ प्रतिशत छुट पाउने छन् ।