नयाँ सोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्ट्स तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । एचएच बजाजले मुलुकका जुनसुकै स्थानबाट पनि छिटो छरितो सुविधा पुर्याउने प्रयास गरेको कम्पनीले जनाएको छ ।
हंशराज हुलासचन्द एन्ड कम्पनीले बजाज मोटरसाइकलको पूर्ण सुविधासहितको नयाँ सोरुम ‘एन के मोटर्स’ चितवनको हाकिमचोकमा सञ्चालनमा आएको छ ।
नयाँ सोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्ट्स तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । एचएच बजाजले मुलुकका जुनसुकै स्थानबाट पनि छिटो छरितो सुविधा पुर्याउने प्रयास गरेको कम्पनीले जनाएको छ ।
ग्राहकहरुको बढ्दो मागका कारण एचएच बजाजलाई चितवनमा नयाँ सोरुम स्थापना गर्न उत्साहित बनाएको कम्पनीले जनाएको छ । देशभरि रहेका ग्राहकहरुका लागि उच्च गुणस्तरको सेवा प्रदान गर्न बजाज प्रतिबद्ध रहेको बताइएको छ । सोरुमको शुभारम्भमा ग्राहकलाई आकर्षक पुरस्कारहरु पनि प्रदान गरिएको छ ।