सुपथ मूल्य पसलमा साल्ट ट्रेडिङको चिनी बेच्न रोक

हाल १ सय ७६ ओटा सुपथ मूल्यका पसलहरु सञ्चालनमा रहेका छन् । सोमबार संसदको लेखा समितिको बैठकमा अधिकांश सभासदहरुले सुपथ मूल्यको पसल सरकारको देखावटी मात्र भएको भन्दै तत्काल बन्द गर्न सरकारसँग माग गरेका थिए ।

दशै तिहार र छठ पर्वलाई लक्षित गरी सरकारले सञ्चालन गरेको सुपथ मूल्य पसलमा साल्ट ट्रेडिङको चिनी बिक्री वितरणमा रोक लगाएको छ । सरकारको समेत स्वामित्व रहेको साल्ट ट्रेडिङले पनि निजी क्षेत्रले बेच्ने दरमै बिक्री वितरण गरेको पाइएपछि तत्कालको लागि बिक्रीमा रोक लगाएको हो ।

वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले सुपथ मूल्यका पसलमा साल्ट ट्रेडिङको चिनी बिक्रीमा रोक लगाएको बताए । ’साल्ट ट्रेडिङले बिक्री गर्ने चिनी केही मात्रामा सहुलियत दरमा हुनु पर्ने हो,’ महादिर्नेशक गौचनले भने, ‘बजारमा पाइने दर रुपैयाँमै बिक्री गरेको पाइएकोले बन्द गराएका हौं ।‘

विभागले गरेको अनुगमणको क्रममा बजारमा पाइने मूल्य र सुपथ मूल्यका पसलमा पाइने दर रेट एउटै भएकोले बन्द गरेको जानकारी दिए ।
सुपथ मूल्यमा बजारको भन्दा केही मात्रामा सहुलियत दरमा चिनी बिक्रीका लागि अर्थमन्त्रालय र उद्योग ,वाणिज्य तथा आपूर्ति मन्त्रालय र साल्ट ट्रेडिङका प्रतिनिधिबीच छलफल भइरहेको वताइएको छ ।