बानेश्वरमा रहेको सङ्गम स्विट्सको पसल र उत्पादन कारखानालाई अर्को सूचना जारी नहुँदासम्म सिलबन्दी गरिएको विभागले जनाएको छ ।
अखाद्य पदार्थको प्रयोग र न्यूनतम मापदण्ड पूरा नगरेपछि सङ्गम स्विट्स पसल र उत्पादन कारखाना सिलबन्दी गरिएको छ ।
खाद्य प्राविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुगमनका क्रममा उक्त पसल र कारखानामा अखाद्य र मापदण्ड विपरीत पाइएपछि सिलबन्दी गरिएको हो । बानेश्वरमा रहेको सङ्गम स्विट्सको पसल र उत्पादन कारखानालाई अर्को सूचना जारी नहुँदासम्म सिलबन्दी गरिएको विभागले जनाएको छ ।
आम उपभोक्ताको गुणस्तर विपरीत उत्पादन गरिएको स्विट्स र अखाद्यवस्तु मिश्रण भएको पाइएकाले सिलबन्दी गरिएको विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले बताए ।