रिचार्जरमा मोबाइल किन्दा खसी उपहार

गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउन्ट खोलेर मोबाइल रिचार्ज गर्दा पनि जतिको रिचार्ज गर्यो त्यत्ति नै क्यास व्याक पाइने छ । यसरी प्राप्त हुने क्यास व्याकलाई रिचार्जर बाट सामान खरिद गर्दा डिस्काउण्ट भौचरका रुपमा प्रयोग गर्न सकिनेछ ।

दसैँको अवसरमा मोबाइल एप रिचार्जरले मोबाईल किन्दा खसी उपहार योजना सुरु गरेको छ । रिचार्जरको एपमार्फत मोबाइल खरिद गर्ने ग्राहकलाई यसपालिको दसैंमा रिचार्जरले खसी उपहार दिने भएको हो ।

‘दशँैको खसी घरमै बसी बसी’ योजना असोज १६ गतेदेखि लागू भएको कम्पनीले जनाएको छ । यो योजनामा सहभागी हुनका लागि मङ्गलबारदेखि २९ गते सोमबार दिउँसो १२ बजेसम्ममा रिचार्जरको एपमार्फत मोबाइल खरिद गर्नुपर्नेछ । यसअवधिमा एप मार्फत मोबाइल खरिद गर्ने ग्राहकलाई ग्रोलाप्रथा मार्फत खसी उपहार प्रदान गरिने रिचार्जरका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहले जानकारी दिए ।

यो योजना सीमित ब्राण्डका मोबाइल फोनहरुमा मात्र लागू हुने रिचार्जरले जनाएको छ । खसी विजेताको घोषणा असोज २९ गते सोमबार मोबाइल एप रिचार्जरको आधिकारिक फेसबुक पेजमार्फत लाइभ घोषणा गरिनेछ ।

साथै रिचार्जर एप मार्फत जुनसुकै सामान अर्डर गर्दा काठमाडौँ उपत्यकाको चक्रपथभित्र तीन घण्टाभित्र डेलिभरी गर्ने रिचार्जरले बताएको छ । तीन घण्टाभित्र सामान डेलिभरी गर्दा केही अतिरिक्त शुल्क लाग्नेछ । रिचार्जर एपमार्फत अर्डर गरिएका जुनसुकै सामान २४ घण्टाभित्र ग्राहकलाई उपलब्ध गराउने कम्पनीको दाबी छ । २४ घण्टाभित्र सामान डेलेभरी गर्दा भने कुनै अतिरिक्त शुल्क लाग्नेछैन ।

गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउन्ट खोलेर मोबाइल रिचार्ज गर्दा पनि जतिको रिचार्ज गर्यो त्यत्ति नै क्यास व्याक पाइने छ । यसरी प्राप्त हुने क्यास व्याकलाई रिचार्जर बाट सामान खरिद गर्दा डिस्काउण्ट भौचरका रुपमा प्रयोग गर्न सकिनेछ ।

रिर्चाजरबाट मोबाइल रिचार्ज गर्दा तथा सामान खरिद गर्दा ई सेवाका साथै बैंकहरुको इन्टरनेट बैंकिङ सेवा, एससीटी, मास्टर र भिसाका डेबिट तथा क्रेडिट कार्डबाट पैसा तिर्न सकिन्छ । रिचार्जबाट सिनेमा टिकट तथा हवाई टिकट भारी छुटमा किन्न सकिन्छ ।

‘नेपाली एप्स हामी नेपालीहरुकै लागि’ भन्ने नाराका साथ सेवा सुरु गरेको रिचार्जर गुगल प्ले तथा एप्पल एप स्टोरमा गरी १ लाख भन्दा बढी डाउनलोड भैसकेको छ ।