बससेवा ट्राभल एन्ड टुरमार्फत् सम्पर्कमा आएका यात्रु एवम् चालकहरुले कुनै पनि आइएमईका व्यावसायिक साझेदार वा ‘आइएमई पे’बाट सेवा शुल्क सङ्कलन तथा भुक्तान गर्न सक्नेछन् ।
बससेवा ट्राभल एन्ड टुर प्रालिअन्तर्गतका सेवाग्राहीहरूले आफूले प्रयोग गर्ने यात्राको सेवा शुल्क अबदेखि ‘आइएमई पे’मार्फत् भुक्तान गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
बससेवा ट्राभल एन्ड टुरमार्फत् सम्पर्कमा आएका यात्रु एवम् चालकहरुले कुनै पनि आइएमईका व्यावसायिक साझेदार वा ‘आइएमई पे’बाट सेवा शुल्क सङ्कलन तथा भुक्तान गर्न सक्नेछन् । यस व्यवस्थासँगै नजिकिँदै गरेको नेपालीहरुको महान पर्व दसैंमा आवतजावत गर्ने यात्रुहरुलाई सहज हुने विश्वास राखिएको छ ।
सम्झौता पत्रमा ‘आइएमई पे’का तर्फबाट प्रमुख सञ्चालन अधिकृत डेनियल डी श्रेष्ठ र बससेवा ट्राभल एन्ड टुरका तर्फबाट अध्यक्ष पर्शुराम खनालले हस्ताक्षर गरेका छन् ।