राष्ट्र बैङ्कले बढीमा प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म सटही गरेको छ । राष्ट्र बैङ्कका अनुसार ५ रुपैयाँका दुई बन्डल, १० रुपैयाँका २ बन्डल, २० का २ बन्डल, ५० र १ सयको एकएक बन्डल दिनेछ ।
राष्ट्र बैङ्कले प्रत्येक वर्ष दसैंका अवसरमा नयाँ नोट वितरण गर्दै आएको छ । सोहीअन्तर्गत आजदेखि नेपाल राष्ट्र बैङ्कले सर्वसाधारणका लागि नयाँ नोट दिन थालेको छ । नयाँ नोट लिन राष्ट्र बैङ्कको केन्द्रीय कार्यालय थापाथलीमा सर्वसाधारण लामबद्ध छन् ।
राष्ट्र बैङ्कले बढीमा प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म सटही गरेको छ । राष्ट्र बैङ्कका अनुसार ५ रुपैयाँका दुई बन्डल, १० रुपैयाँका २ बन्डल, २० का २ बन्डल, ५० र १ सयको एकएक बन्डल दिनेछ । यससँगै राष्ट्र बैङ्कले आफ्ना शाखा कार्यालय, राष्ट्रिय वाणिज्य बैङ्क, कृषि विकास बैङ्क र नेपाल बैङ्कका २१ शाखा कार्यालय, ६९ ओटा नोटकोष र अन्य बैङ्क तथा वित्तीय संस्थालाई पनि नयाँ नोट उपलब्ध गराएको जानकारी दिएको छ । २९ गतेसम्म नयाँ नाेट सटही गर्न सकिनेछ ।
सर्वसाधारणले सहजै नयाँ नोट पाऊन् भन्ने उद्देश्यले सबै बैङ्क तथा वित्तीय संस्थालाई उपलब्ध गराएको छ ।