विधिवतरुपमा सुरु भयो दसैं, हनुमान ढोकामा राखियो जमरा (फोटोफिचर)

हनुमानढोका दरबारमा रहेको दसैँघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रीको पूजा आरम्भ हुन्छ ।

आज बुधबारदेखि नेपालीहरुको महानचाड विजया दशमी सुरु भएको छ । दशमी सुरु भएसँगै हनुमानढोमा विधिवतरुपमा दसैंको जमरा राखिएको छ । हनुमान ढोकामा ब्राह्मणद्वारा वैदिक विधिपूर्वक जौँ, गहुँ तथा मकैलाई माटोमा छरी जमरा राखियाे ।

हनुमानढोका दरबारमा रहेको दसैँघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रीको पूजा आरम्भ हुन्छ ।

आज बिहान सवा ७ बजेको उत्तम साइतमा हनुमानढोकाको दशैंघरमा घटस्थापना गरी जमरा राखिएको हाे ।