सर्वसाधरणलाई खुला भयो श्रीपेच

नारायणहिटी दरबार सङ्ग्रहालयमा राखिएको श्रीपेच गणतन्त्र आएको लामोसमयपछि सर्वसाधरणका लागि खुला भएको हो । श्रीपेचलाई लामो समयदेखि सङ्ग्राहलयमा सेनाको सुरक्षामा राखिएको थियो । श्रीपेचलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गर्ने घोषणा गरे पनि सार्वजनिक हुन सकेको थिएन ।

राजसंस्थाको प्रतीकको रुपमा रहेको श्रीपेच सोमबारबाट सर्वसाधरणलाई खुला भएको छ । श्रीपेचको प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्दै सर्वसाधरणलाई खुला गरेका हुन् ।

नारायणहिटी दरबार सङ्ग्रहालयमा राखिएको श्रीपेच गणतन्त्र आएको लामोसमयपछि सर्वसाधरणका लागि खुला भएको हो । श्रीपेचलाई लामो समयदेखि सङ्ग्राहलयमा सेनाको सुरक्षामा राखिएको थियो । श्रीपेचलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गर्ने घोषणा गरे पनि सार्वजनिक हुन सकेको थिएन ।

तत्कालिन श्री ५ ज्ञानेन्द्रले दरबार छोडेपछि राजदरबारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०६५ फागुन १५ गते नारायणहिटी दरबार सङ्ग्राहलयको रूपमा उदघाटन गरेका थिए ।

तर, श्रीपेच राख्ने प्रदर्शनी कक्ष र सोकेस नभएको बताउँदै प्रदर्शनीमा राखेको थिएन । श्रीपेच राख्न अत्याधुनिक प्रविधिको बुलेट प्रुफ सोकेस खरिद तथा जडानसमेत ०६९ भदौसम्म भइसकेको थियो । श्रीपेचमा ७ सय ५० ओटा हीराका टुक्रा छन् भने टायरामा २ हजार ७ सय टुक्रा । श्रीपेचको पछिल्तिर झुन्डिने आकर्षक कलकीचाहिँ बर्ड अफ प्याराडाइज नामक चराको पुच्छर हो ।