यस्तो लाग्दै छ, काठमाडौं सहर बिस्तारै खाली हुँदै छ । कर्मथलोबाट जन्मथलोतर्फ जानेहरुको भीडले पनि यही बताउँछ । दसैं लागिसक्यो । यससँगै सबैलाई घर जाने चटारो बढ्नु स्वाभाविक पनि हो ।
काठमाडौंमा बस्नेहरुलाई पनि दसैं नलागेको कहाँ हो र ? उनीहरु पनि दसैंका लागि खसीबोकाको जोहो गर्न व्यस्त देखिन्छन् ।
त्यति मात्र होइन, के बालबालिका, के युवा सबैलाई दसैंले छपक्कै छोएको छ । काठमाडौंका घरघर र सडकतिर चङ्गा उडाउनेहरु बढ्न थालेका छन् । यसै सन्दर्भमा हामीले कलङ्कीमा ओहोरदोहोर गरिरहेका गाडी, तिनमा यात्रारत यात्रु र खसीबोका किन्नेहरुलाई क्यामेरामा कैद गरेका छौं । कलङ्की र खसीबजार वरपरका दृश्य तस्बिरमार्फत ।