चार्ड पर्वलाई लक्ष्य गर्दै विशेषतः दसैं, तिहार तथा छठ जस्ता अवसरमा मोटरसाइकल, स्कुटर तथा विभिन्न गाडी विक्रेता कम्पनीहरुले अफरहरु दिएर आफूले बिक्री वितरण गर्दै आएका ब्रान्डको थप बिक्री बढाउन लागिपरेका छन् ।
मुलुकमा मनाइने सबिैभन्दा ठूला चाडपर्व निजिकिँदै गर्दा विभिन्न अटो कम्पनीले आफ्ना वस्तु बिक्री तथा प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न योजना सर्वजनिक गरेका छन् ।
चार्ड पर्वलाई लक्ष्य गर्दै विशेषतः दसैं, तिहार तथा छठ जस्ता अवसरमा मोटरसाइकल, स्कुटर तथा विभिन्न गाडी विक्रेता कम्पनीहरुले अफरहरु दिएर आफूले बिक्री वितरण गर्दै आएका ब्रान्डको थप बिक्री बढाउन लागिपरेका छन् ।
अटो कम्पनीहरुले सुपथ मूल्यमा एक्चेन्ज मेलादेखि नगद पुरस्कारसम्म अफर राखेका छन् । विशेषगरी दुईपाङ्ग्रे सवारीसाधन बिक्री गर्दै आएका कम्पनीहरुले बाइक तथा स्कुटरमा एक्सचेन्जलाई नै बढी फोकस दिइरहेको पाइन्छ । पुराना मोटरसाइकल अथवा स्कुटर चढ्ने ग्राहकलाई लोभ्याउँदै आआफ्नो कम्पनीअनुसार सेवा दिने भएका छन् ।
अटो कम्पनीहरुले एक्स्चेन्ज अफरमा प्रायः नेपालमा अत्यधिक चलेका र बढी बिक्री हुने चर्चित सवारीसाधनलाई मुख्य फोकस गरेका छन् । नेपाली बजारमा मोटरसाइकल सेग्मेन्टका मुख्य प्लेयर बजाज, यामाहा, टीभीएस र सुजुकीले विशेष मेला नै आयोजना गरेर एक्स्चेन्ज गरिरहेका छन् । गाडीहरुमा सुजुकी, होण्डाई, टाटा, टोयोटा तथा फोर्ड विक्रेता कम्पनीहरुले गाडी खरिदमा उपहार, नगद पुरस्कार तथा विदेश भ्रमणजस्ता योजना ल्याएका छन् । दसैं तिहारका लागि विभिन्न कम्पनीहरुले दिएका अफर तथा योजना निम्न छन् ।
बजाजको एक्सचेन्जसँगै अपग्रेड अफर
यो पटकको दसैं तिहारलाई लक्ष्य गर्दै बजाज कम्पनीका लागि नेपालको आधिकारिक वितरक हन्सराज हुलासचन्द प्रालिले एक्चेन्ज तथा अपग्रेड अफर ल्याएको छ । कम्पनीले उपभोक्ताको सेवालाई ध्यानमा राखी पुराना मोडलका बाइक तथा स्कुटरसँग नयाँ मोडलका बाइक साट्न पाइने अवसर प्रदान गरेको छ । नयाँ मोडलका बाइक तथा स्कुटर खरिद गर्ने ग्राहकलाई पकेट फुल अफरसमेत व्यवस्था गरिएको छ ।
यामाहाको दसैं एक्सचेन्ज योजना
त्यस्तै यामाहाको आधिकारीक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले एक्सजेन्स अफर दिएको छ । कम्पनीले यामाहाका पुराना मोटरसाइकललाई न्यूनतम ३० हजार रुपैयाँ ग्यारेन्टीका साथ दिने जनाएको छ भने नयाँ मोडलका बाइक तथा स्कुटरको खरिदमा स्क्राच कार्डमार्फत् सात हजारदेखि एक लाखसम्म नगद छुट, हरेक हप्ता लक्की ड्रमार्फत् यमाहा आरथ्री जित्ने मौका, टेस्ट ड्राइभमा सरप्राइज गिफ्टकोसमेत अफर दिइएको छ । साथै २० प्रतिशत डाउनपेमेन्टमा यामाहा स्कुटर र सलुटो मोटरसाइकल खरिद गर्न सकिने अफर राखिएको छ । यो अफर दसैं अवधिका लागि मान्य हुने कम्पनीले जनाएको छ ।
टीभीएसको अफर
बजारमा आक्रामक रुपले फैलिँदै गएको टीभीएसले पनि दसैं तिहारका लागि विशेष अफर तथा छुट दिएको छ । कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले ग्रान्ड एक्सचेन्जको अफर ल्याएको हो । कम्पनीका अनुसार गुड्ने नगुड्ने जस्तासुकै पुराना मोडलसँग नयाँ आकर्षक फिचर भएका बाइक तथा स्कुटर लिन सकिने छ ।
त्यतिमात्र नभई स्क्राच कार्डमार्फत् ७ हजारदेखि १ लाखसम्म नगद छुट दिने कम्पनीको दाबी छ । कम्पनीले जनाएअनुसार यो अफर कात्तिक २० गतेसम्मका लागि आरटीआर १६० २भी र आरटीआर १८० २भीमा मात्र लागू हुनेछ । अन्य मोडलमा भने यो अफर लागू हुने छैन ।
सुजुकी एक्स्चेन्ज मेला
भीजी अटोमोबाइल्स कम्पनीले विजया दशमी तथा दीपावलीलाई लक्ष्य गर्दै सुजुकीका वाहनमा एक्स्चेज अफर ल्याएको छ । उसको स्किमअन्तर्गत सुजुकी बाइक तथा स्कुटर खरिद गर्दा बाइकमा ८ हजार र स्कुटरमा १० हजार रुपैयाँ छुट तथा १० जनालाई बम्पर उपहारमा जापान भ्रमण गराइने बताइएको छ । साथै सुजुकीका नेपालभर रहेका ३४ ओटा सोरुमबाट सजिलै बाइक तथा स्कुटर एक्सचेन्ज गर्न सकिने छ ।
गत भदौं ३१ गते सम्पन्न नाडा अटो सोमै गाडीको बिक्री बढाउन लागिपरेका बिक्रेता दसैं तिहारजस्ता चाडपर्वमा पनि विभिन्न योजना तथा छुट दिएका छन् । यसै सन्दर्भमा विभिन्न अटो विक्रेता कम्पनीहरुले दिएका छुट तथा योजना निम्न प्रकारका छन् ।
महिन्द्रा टु ह्विलर अफर
महिन्द्रा टु ह्वीलरको आधिकारिक विक्रेता अग्निमोटो इन्कले दसैं, तिहार तथा छठ पर्वलाई लक्ष्य गर्दै ‘मूल्य कति ? स्क््रयाच गरी आउँछ जति’ भन्ने योजना ल्याएको छ । यस योजना अन्तर्गत हरेक महिन्द्रा टु ह्वीलरका खरिदकर्ताले स्क््रयाच कुपन प्राप्त गर्नेछन् र उक्त स्क््रयाच कुपनमा भएको रकम तिरी बाइक वा स्कुटर खरिद गर्न सक्नेछन् ।
मारुति सुजुकी
नेपालका लागि मारुतिको आधाकारिक वितरक अरुण इन्टरकन्टिनेन्टलले फेस्टिभल अफरका रुपमा बम्पर सेभिङका साथै क्यास डिस्काउन्ट योजना ल्याएको छ । कम्पनीका अनुसार सुजुकीका जुनसुकै मोडल खरिद गर्दा २ लाखसम्म नगद छुटका साथै स्क्र्याच कार्डमार्फत् एक लाख रुपैयाँसम्म डिस्काउन्ट दिइने छ । त्यतिमात्र नभई एक लाख रुपैयाँसम्म एक्सजेन्च बोनस दिइएको छ । स्किम अवधिभर सुजुकीका बाइक र स्कुटर गरी ४ हजार २ सय सवारीसाधन बिक्री गर्ने लक्ष्य राखिएको सीजी अटोमोबाइल्सका मार्केटिङ म्यानेजर नवराज कोइरालाले जानकारी दिए ।
हुन्डाई
हुन्डाई नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दसैं, तिहार र छठलाई आधार बनाएर फेस्टिभ अफर दिएको छ । कम्पनीले दसैं तिहारका लागि क्यास डिस्काउन्ट र एक वर्षको इन्स्योरेन्स छुट जस्ता सुविधा दिएको छ । स्क्र्याच कार्डमार्फत् एक लाख रुपैयाँसम्मको छुट र सय जना भाग्यशाली ग्राहकलाई १० ग्राम सुन प्रदान गर्ने छ । हुन्डाईको यो योजना कात्तिक २७ गतेसम्म लागू हुनेछ ।
टाटा
सिप्रदी ट्रेडिङले विजया दशमी तथा शुभदिपावलीमा लक्की ड्रको अफर ल्याएको दिएको छ । कम्पनीले जुनसुकै कार खरिदगर्दा दुई लाख रुपैयाँसम्म नगद छुट, आईफोन एक्स अफर तथा २५ हजार रुपैयाँबराबरको एसेसरिज र एक वर्षको इन्स्योरेन्सको अफर राखिएको कम्पनीले जनाएको छ ।
टोयोटा
टोयोटाले पनि दसैंमा नयाँ अफर ल्याएको छ । कम्पनीका अनुसार अफरमा तत्कालै एक्स्चेन्ज सुविधा तथा हरेक खरिदमा सरप्राइज उपहार राखिएका छन् ।
फोर्ड
यस्तै फोर्डले पनि दसैंका लागि फेस्टिभल अफर ल्याएको छ । नेपालका लागि फोर्डको आधिकारिक वितरक जीओ अटोमोबाइल्सका अनुसार स्योर सट अफरअन्तर्गत म्याक बुक प्रो, सामसुङ ग्यालेक्सी, वान प्लस ६, सामसङ ४० इन्च एलईडी टिभी तथा ९.७ इन्चको आईप्याड उपलब्ध गराउने छ । त्यस्तै क्यास डिस्काउन्टका साथै बम्पर उपहारमा पाँच जोडीलाई ४ रात ५ दिनको स्विट्जरल्यान्ड भ्रमणमा लाने जनाएको छ ।
रेनो
रेनोका लागि नेपालको आधिकारिक वितरक एड्भान्स अटो मोबाइलले पसिन दसैं तिहार चार्डपर्व अफर घोषणा गरेको छ । जसअन्तर्गत कम्पनीले ‘रेनो शुभलाभ’ स्किम सञ्चालनमा ल्याएको बताएको छ । यस स्किममा ग्राहकले थुप्रै फाइदा लिन सक्ने कम्पनीको भनाइ छ ।