अपर बुढीगण्डकी निर्माण गर्दै आईएमएस समूह

३ सय ६० मेगावाट क्षमताको अप्पर बुढीगण्डकीको लाइसेन्स लिएर अहिले अध्ययनको काम भइरहेको समूहले जनाएको छ । बुढीगण्डकीभन्दा ११ किलोमिटर माथि रहेको अप्पर बुढीगण्डकी निर्माणका लागि ५० अर्ब लगानी आवश्यक पर्ने समूहले जनाएको हाे।

मोबाइल व्यवसायमा पायोनियर रहेको आईएमएस समूहले हाइड्रोपावरमा हात हालेको छ । समूहले हाइड्रोपावर निर्माणका लागि अप्पर बुढीगण्डकीको लाइसेन्स लिएको हो ।

३ सय ६० मेगावाट क्षमताको अप्पर बुढीगण्डकीको लाइसेन्स लिएर अहिले अध्ययनको काम भइरहेको समूहले जनाएको छ । बुढीगण्डकीभन्दा ११ किलोमिटर माथि रहेको अप्पर बुढिगण्डकी निर्माणका लागि ५० अर्ब लगानी आवश्यक पर्ने समूहले जनाएको हाे।

‘अहिले हामीले लाइसेन्स लिएर अध्ययन गरेका छौं,’ समूहका अध्यक्ष दीपक मल्होत्राले भने । एक वर्षभित्र सम्पूर्ण डीपीआरको काम सकेपछि पीपीएमा जाने उनले बताए । पीपीएको चरणसम्म हामी आफै गएर प्रोजेक्टलाई अगाडि बढाउँछौं, त्यसपछि विदेशी साझेदारी भित्र्याउने योजना छ, उनले भने ।

समूहले साझेदार भित्र्याएपछि २० प्रतिशत शेयर आफूसँग र ८० प्रतिशत विदेशी साझेदारलाई दिने योजना बनाएको छ । ‘हामीले विदेशी साझेदारका लागि २ ओटा चिनियाँ  समूहसँग छलफल गरिसक्यौं, दुवै समूह इच्छुक छन्, ’उनले भने । एक वर्षभित्र ती दुई समूहमध्ये एउटा समूहसँग संयुक्त रुपमा काम अगाडि बढ्ने उनले बताए । ‘साझेदारसँग सम्झौता गरेर समयमा नै काम सक्ने गरी फिल्डमा खटिन्छौं,’ उनले भने ।

पिकिङ रन अफ द रिभर रहेको सेमी स्टोरेज प्रोजेक्टका लागि १२ अर्ब लगानी कम पर्ने समूहले जनाएको छ । यसअघि बुढीगण्डकीले निर्माण गरेको बाटो र सो क्षेत्रमा धेरै विस्थापित गर्नुपर्ने घरहरु रहेकाले लागत घटेको मल्होत्राले बताए । ‘मुआब्जा धेरै दिनुपर्ने देखिँदैन र बुढीगण्डकीले पूर्वाधार निर्माण गरेकाले लागत कम पर्छ, ’उनले भने । एक वर्ष अघिदेखि लाइसेन्स लिएर प्रारम्भिक काम सकिएको र अहिले प्रत्येक दिन काम भइरहेको उनले बताए ।

एक वर्षअघि लाइसेन्स लिएपनि गु्रपले अहिले राजनीतिक स्थिरताको संकेत पाएसँगै कामलाई अगाडि बढाएको हो । ‘अब राजनीतिक स्थिरता भएपछि उद्योग र कलकारखाना बढ्छन्, अनि विद्युतको माग पनि बढ्छ, ’उनले भने । विद्युतमा अहिलेसम्मको लगानी खेर जाँदैन, त्यहि भएर समूहले हाइड्रोपावरमा हात हालेको उनले बताए ।