सहुलियतको चामल बिक्री वितरण

असोज १७ गतेदेखि खाद्यान्न बिक्री गरिरहेको सूचना अधिकारी नकुुल चौधरीले जानकारी दिए । सरकारले जिल्लामा पहिलो पटक सहुलियत दरमा बिक्री गर्न चामल पठाएको हो ।

चाडपर्वलाई मध्यनजर गर्दै नेपाल खाद्य संस्थान अञ्चल कार्यालय तुलसीपुरले सहुलियत दरमा खाद्यान्न बिक्री वितरण थालेको छ ।

बडादशैँ, तिहार र छठपर्वलाई ध्यानमा राख्दै खाद्यान्न बिक्री गर्न शुरु गरिएको हो । असोज १७ गतेदेखि खाद्यान्न बिक्री गरिरहेको सूचना अधिकारी नकुुल चौधरीले जानकारी दिए । सरकारले जिल्लामा पहिलो पटक सहुलियत दरमा बिक्री गर्न चामल पठाएको हो ।

चाडपर्वमा सर्वसाधारणलाई सहुलियत होस् भनेर सरकारले यस्तो निर्णय गरेको हो । सोना मन्सुली प्रतिकिलो ४१ र जीरा मसिनो प्रतिकिलो ५१ रूपैयाँमा बिक्री वितरण भइरहेको छ । “सहुलियत दरमा बेच्न ५०० क्विन्टल चामल आएको छ,” चौधरीले भने ।

सर्वसाधारणले यहाँस्थित खाद्य संस्थानको कार्यालयबाट अगामी कात्तिक २७ गतेसम्म चामल किन्न सक्नेछन् ।