मेलामा न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ६० प्रतिशतसम्म छुट पाईने हुँदा ग्राहकहरु मोबाइल किन्न ताम्राकार नै आउने गरेको मोबाइल व्यवसायी सङ्घका सचिव गूरुदत्त शर्माले बताए ।‘हामीले ग्राहकहरुलाई बढि भन्दा बढि छुट र सेवा दिईरहेका छौं, ग्राहकहरु पनि निकै खुशी भएका छन्’ उनले भने ।
दशैं तथा तिहारलाई लक्ष्य गर्दै ताम्राकार हाउसमा मोबाइल किन्ने ग्राहकलाई ६० प्रतिशत सम्म छुट दिएको छ । व्यापारीक केन्द्र न्यूरोडमा ताम्राकार कम्प्लेक्सले नेपालीहरुको महान चाड बडादशैंको अवसरपारेर २३ गते देखि ३१ गते सम्म चल्ने अफर मेलामा विभिन्न छुट दिएको हो ।
अफर मेलामा न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ६० प्रतिशतसम्म छुट पाईने हुँदा ग्राहकहरु मोबाइल किन्न ताम्राकार नै आउने गरेको मोबाइल व्यवसायी सङ्घका सचिव गूरुदत्त शर्माले बताए ।‘हामीले ग्राहकहरुलाई बढि भन्दा बढि छुट र सेवा दिईरहेका छौं, ग्राहकहरु पनि निकै खुशी भएका छन्’ उनले भने ।
कम्प्लेक्समा ग्राहकहरुका लागि आफूसँग भएको पुरानो मोबाइल साटेर नयाँ मोबाइल किन्ने एक्सचेन्जको सुविधा उपलब्ध छ । ताम्राकार कम्प्लेक्समा नै रुपैयाँमा स्मार्टफोन दिने सेवा पनि उपलब्ध रहेको छ, जहाँ ग्राहकले मासिक किस्ताबन्दीमा स्मार्टफोन किन्न सक्दछन् ।
दशैं मोबाइल मेलाको अवसर पारेर ताम्राकार कम्प्लेक्सभित्र मोबाइल खरिद गर्ने ग्राहकहरुले स्मार्ट टेलिकमको सिम कार्ड समेत निशुल्क प्राप्त गर्नेछन् ।
निश्चित रकम ब्यालेन्ससहितको कार्ड एक्टिभेट गर्न भने आवश्यक प्रकृयाहरु ग्राहकहरुले पुरा गर्नुपर्ने हुन्छ । कम्प्लेक्समा सामसंग, ह्वावे, एप्पल, भीभो, जिओनी, शाओमी, ओप्पो, माइक्रोम्याक्स,सोनी, वानप्लस, लाभा, लेनोभो, मोटोरोला, कलर्सलगायतका ब्राण्डका स्मार्टफोन तथा फिचर फोनहरु उपलब्ध छन् ।