बिपी राजमार्गमा बस दुर्घटना, बस पुग्यो सुनकोसी नदिमा

बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका ५ रिठ्ठेभिरमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ । ६ जना गम्भीर घाइते छन् । एकजना बेपत्ता छन्। दुर्घटनामा सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका ८ का २८ वर्षीय रवि खड्का, मरिण गाउँपालिका ७ का सुकेदरमारका रतनबहादुर लामाका दुई छोरा राजकुमार लामा र अभित लामाको मृत्यु भएको हो । राजकुमार बसका चालक हुन्।

खड्काको घटना स्थलमै र लामा दाजुभाइको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता लोकदर्शन थापाले जानकारी दिए ‘सिन्धुलीको मरिणबाट काठमाडौँ जाँदै गरेको ना ६ ख ९१२ नम्बरको बासुकी यातायातको बस रिठ्ठेभीरबाट सुनकोसी नदीमा खस्दा खड्का र लामा दाजुभाइको मृत्यु भएको थापाके भनार्इछ ।