एनएमबी सुलभ इन्भेस्टमेन्टको सेयर किन्न खाेज्नेकाे चाप

सेयर बजारमा एनएमबी सुलभको सेयर माग अत्यधिक भए पनि हालसम्म कम्पनीको कुनै कारोबार भएको छैन । कम्पनीको सेयर माग अझै बढ्न सक्ने सम्भावना छ ।

एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड १ को सेयर किन्न चाहने लगानीकर्ताको चाप बढेको छ । आफ्ना इकाइधनीहरुलाई शुक्रबार मात्र लाभांश घोषणा गरेको कम्पनीको सेयर किन्न लगानीकर्ता झुम्मिँदा कसैले बेच्न चाहेका छैनन् । एनएमबी सुलभले आफ्ना लगानीकर्तालाई २१ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो । कम्पनीले नगद लाभांश घोषणा गरेपछि सेयरको माग अत्यधिक बढेको हो ।

आज (आइतबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से)को मार्केट डेप्थ हेर्दा कम्पनीको १ लाख ९८ हजार कित्ता सेयर माग भए पनि बेच्न चाहने लगानीकर्ताको सङ्ख्या शून्य छ । प्रतिकित्ता १२ रुपैयाँ ५० पैसामा ४२ हजार कित्ता माग छ भने १२ रुपैयाँ ९५ पैसामा १ लाख ४५ हजार कित्ता सेयर माग गरिएको छ । कम्पनीको अन्तिम मूल्य १२ रुपैयाँ ७० पैसा थियो ।

सेयर बजारमा एनएमबी सुलभको सेयर माग अत्यधिक भए पनि हालसम्म कम्पनीको कुनै कारोबार भएको छैन । कम्पनीको सेयर माग अझै बढ्न सक्ने सम्भावना छ ।