पहिलेको रुट अत्यन्तै अव्यवस्थित भएकाले पुन रुट मिलाउन लागिएको हो । अहिलेको भएको रुटबाट ६६ ओटा रुट मात्रै सञ्चालन हुने सक्ने विभागले जनाएको छ ।
यातायात व्यवस्था विभागले काठमाडौंको जामलाई हटाउन २ सय भन्दा बढी रुटलाई खारेज गरेर ६६ ओटामा सिमित गर्ने भएको छ । एसियाली विकास बैङ्कको सहयोगमा सञ्चालित काठमाडौं दिगो सहरी यातायात परियोजनाले नयाँ रूट सिफारिस गरेसँगै विभागले ६६ ओटा रुट मात्रै सञ्चालन गर्न लागेको हो ।
विभागका महानिर्देशक लावण्यकुमार ढकालका अनुसार नयाँ रुट पुस महिनाबाट सञ्चालनमा आउँछ । ‘अहिले आन्तरिक तयारी भइरहेको छ,’ ढकालले क्यापिटल नेपालसँग कुराकानी गर्दै भने ‘काठमाडौंमा बढ्दै गएको जामलाई कम गर्न नयाँ उपाय अपनाउन लागिएको हो ।’
विभागका अनुसार अहिलेको रुट अत्यन्तै अव्यवस्थित भएकाले पुन रुट मिलाउन लागिएको हो । अहिलेको भएको रुटबाट ६६ ओटा रुट मात्रै सञ्चालन हुने सक्ने विभागले जनाएको छ ।
ढकालका अनुसार परियोजनाले ठूला, मध्यम र साना सवारीसाधनका लागि तीन प्रकारका रुट सिफारिस गरेको छ । ‘परियोजनाले भने अनुसार नै हुन्छ भन्ने छैन्,’ उनले भने, ‘तर, हामी अध्ययन गरिरहेका छौं ।’