दसैंमा सवा करोड शुभकामना सन्देश आदानप्रदान

‘टेलिकमले आफ्ना ग्राहकको हितलाई ध्यानमा राख्दै अनलिमिटेड प्याक उपलब्ध गराएको छ । सोही प्याकमा एसएमएस सेवा पनि भएकाले सङ्ख्या बढेको हो,’ टेलिकमका सहप्रवक्ता सोभन अधिकारीले क्यापिटल नेपालसँग भने ।

नेपाल टेलिकमका प्रयोगकर्ताले दसैंंको बेला एक करोड १० लाख एसएमएस आदान प्रदान गरेका छन् । दसैंको फूलपातीदेखि द्वादशीको ६ दिनसम्म टेलिकमका प्रयोगकर्ताहरुले यतिका एसएमएस सेवा प्रयोग गरेका हुन् ।

गत वर्ष ९० लाख एसएमएस आदान प्रदान भएकोमा यो वर्ष २० प्रतिशत बढी भएको नेपाल टेलिकमका सहप्रवक्ता सोभन अधिकारीले जानकारी दिए । ‘टेलिकमले उपलब्ध गराएको अनलिमिटेड प्याकका कारण प्रयोगकर्ताले अधिक एसएमएसको प्रयोग गरेको देखिन्छ,’ उनले भने । ‘टेलिकमले आफ्ना ग्राहकको हितलाई ध्यानमा राख्दै अनलिमिटेड प्याक उपलब्ध गराएको छ । सोही प्याकमा एसएमएस सेवा पनि भएकाले सङ्ख्या बढेको हो,’ उनले क्यापिटल नेपालसँग भने ।

टेलिकमका अनुसार गतवर्षको तुलनामा यो वर्षको पूलपातीमा १८ दशमलव ७ प्रतिशत, अष्टमीमा १६ दशमलव ७ प्रतिशत, नवमीमा १७.४ प्रतिशत, दशमीमा १७ दशमलव ८ प्रतिशत, एकादशीमा २३ र द्वादशीमा ३० प्रतिशतले बढी एसएमएस आदान प्रदान भएको छ ।

पछिल्लो पटक सामाजिक सञ्जालको बढ्दो प्रयोग भएपनि टेलिकम प्रयोगकर्ताले एसमएमसको प्रयोग अधिक गरेका हुन् । फेसबुक, ट्वीटर, हवट्सएप, भाइबरलगायतमा सन्देश पठाउने जमात बढिरहेको बेला एसएमएस प्रयोग बढ्नु टेलिकमले दिएको सुविधा नै भएको कम्पनीले जनाएको छ ।