सजिलो छैन घरबाट फर्किन

बीच बाटोका यात्रुलाई पनि कुनै समस्या नहुने बताएको ट्राफिक प्रहरीले पनि यस विषयमा कुनै ध्यान नदिएको यात्रुहरु बताउँछन् । पर्वत घर भएका यात्रु सुमन मगरले बीच बाटोमा अलपत्र यात्रुका विषयमा न ट्राफिक, चालक न सुरक्षाकर्मी कसैको पनि ध्यान नभएको दुखेसो गरे ।

मङ्गलबार नेपालथोकदेखि काठमाडौं आउन लागेकी दोलखाकी सावित्री थापाले ४/५ घण्टा बस कुर्नप¥यो । बीपी राजमार्गमा चल्ने सवारी निकै पातलो चलेकाले पनि उनले बस पाउन निकै गाह्रो पर्यो ।

सोमबार मुग्लिङदेखि काठमाडौं आउन गाडी कुरेर बसेका बागलुङका सुरेन्द्र पौडेलले पनि यस्तै नियति भोग्नुप¥यो । उनी दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म गाडीकै पर्खाइमा बसिरहे । तर, त्यो अवधिमा धेरै गाडी आउजाउ गरे पनि उनी चढ्न पाएनन् । साँढे ५ बजेपछि मात्रै कोचाकोच गरी महँगो भाडामा काठमाडौं फर्किए ।

खुर्कोटदेखि काठमाडौं आउन लागेका दोलखाका सुवीन्द्र कार्कीले ४/५ किलोमिटरको दूरीको यात्रामा घण्टौं गाडी कुर्नुप¥यो । गाडी नरोकेपछि आजित बनेका उनले झन्डै दोब्बर भाडा तिरेर आउनुपर्यो ।

थापा, पौडेल र कार्की त यस्तो समस्याका प्रतिनिधि पात्र मात्रै हुन् । दसैं मनाएर राजधानी फर्किने अधिकांश यात्रुले यस्तो समस्या भोग्नुपरेको छ । विशेषगरी लामो दूरीका सवारीले बीच बाटोमा गाडी नरोक्ने र महँगो भाडा लिएर यात्रु चढाउने गरेको यात्रुहरुले गुनासो गरेका छन् । बस स्टेसन, टिकट काउन्टर र बसपार्कबाट टिकट काट्नेबाहेक बीचबाट गाडी चढ्ने यात्रुहरुलाई समस्यामा परेका हुन् । बीच बाटोबाट गाडी चढ्न खोजेका यात्रुहरुले गाडी नै नपाउने र गाडी पाइहाले पनि मनलाग्दी भाडा असुल्ने गरेको यात्रुहरुले गुनासो गरेका हुन् ।

बीच बाटोका यात्रुलाई पनि कुनै समस्या नहुने बताएको ट्राफिक प्रहरीले पनि यस विषयमा कुनै ध्यान नदिएको यात्रुहरु बताउँछन् । पर्वत घर भएका यात्रु सुमन मगरले बीच बाटोमा अलपत्र यात्रुका विषयमा न ट्राफिक, चालक न सुरक्षाकर्मी कसैको पनि ध्यान नभएको दुखेसो गरे ।

यात्रा सहज बनाउन खटिएका ट्राफिकले टिकट काटेका यात्रुलाई मात्रै ध्यान दिने गरेको यात्रुको गुनासो छ । यसबारे यातायात व्यवस्था विभागले पनि आफ्नो ध्यानाकर्षण भएको बताएको छ । विभागका महानिर्देशक लावण्यकुमार ढकालले विगतका वर्षहरुमा भन्दा यस वर्ष यस्ता समस्यामा कमी आएको बताए । ‘हामीले ट्राफिक प्रहरीहरुलाई सचेत गराएका छौं,’ उनले भने, ‘ट्राफिक नियम, सडक सुरक्षा र यात्रुको सहजताका लागि अनुगमनमा कुनै कसर बाँकी राखेका छैनौं ।’

टिकट काटेका यात्रुका लागि मात्र नभई राजमार्गको बीचबाट यात्रा गर्नेलाई पनि विशेष ध्यान दिएको उनको भनाइ छ । ‘मङ्गलबार मात्रै करिब ४ लाख सर्वसाधारण यात्रु काठमाडौं भित्रिइसकेका छन्,’ उनले भने, ‘यो समस्या विगतमा भन्दा निकै कम भएको छ ।’ दसैं मनाउन गाउँ जानेभन्दा आउने यात्रुलाई कठिन हुने भएकाले त्यसतर्फ सम्बन्धित निकायलाई पत्राचार गरिसकिएको ढकालले बताए ।

राजमार्गको बीचमा चढ्नेहरुलाई विशेषगरी यस्तो समस्या देखिएको महानगरीय ट्राफिक व्यवस्थापन महाशाखाका एसएसपी वसन्तकुमार पन्तको भनाइ छ । सवारी चालकहरुले क्षमताभन्दा बढी यात्रु चढाउने गर्छन् । बढी यात्रु सवार भएका सवारीलाई ट्राफिकले पनि रोकेर चिट काट्ने गरेको चालकको गुनासो छ । यता, ट्राफिक प्रहरीले भने दुर्घटनाको जोखिम र सहज यात्राका कडाइ गरेको बताएको छ ।