‘कला संस्कृतिको संरक्षण, कृषि, पर्यटन, उद्योग तथा व्यापारको प्रवद्र्घन’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदेश ४ स्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला तथा बागलुङ महोत्सवलाई आईएमई ग्रुपले सहप्रायोजन गरेको छ ।
आईएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्र ढकालले रेमिट्यान्सले सर्वसाधारणको क्रयशक्ति बढाएको बताएका छन् । बागलुङ महोत्सवका क्रममा उनले यस्तो धारणा राखेका ह्न् ।
‘कला संस्कृतिको संरक्षण, कृषि, पर्यटन, उद्योग तथा व्यापारको प्रवद्र्घन’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदेश ४ स्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला तथा बागलुङ महोत्सवलाई आईएमई ग्रुपले सहप्रायोजन गरेको छ ।
बागलुङमा पनि ठूलो परिमाणमा रेमिट्यान्स भित्रिने गरेको र त्यसैले जिल्लावासीको पनि क्रयशक्ति बढेको ढकालले बताए । तर रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा आकर्षित गर्न सबैको प्रयास आवश्यक रहेको उनको भनाइ छ । देशमा सबै चरणका निर्वाचन सम्पन्न भइसकेको र यहाँका राजनीतिक नेतृत्व पनि आर्थिक विकासका मुद्दामा केन्द्रित रहेकाले अब मुलुकको आर्थिक विकासले गति लिने उनको अपेक्षा छ ।
पर्यटन, लघुजलविद्युत्, कृषिलगायत क्षेत्रमा बागलुङमा प्रशस्त सम्भावना रहेको र तिनको पहिचान एवम् विकासका लागि आफू र सम्बद्ध संस्थाहरू सधैं लागिपर्ने उनको प्रतिबद्धता छ ।