सम्झौतामा बङ्गलादेश बैङ्कका डेपुटी सीईओ सुरेन्द्रभूषण श्रेष्ठ र खल्तीका डाइरेक्टर अमित अग्रवालले बुधबार हस्ताक्षर गरेका हुन् ।
नेपाल बङ्गलादेश बैङ्क र खल्ती डिजिटल वालेटबीच मोबाइल भुक्तानीमा सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बङ्गलादेश बैङ्कका डेपुटी सीईओ सुरेन्द्रभूषण श्रेष्ठ र खल्तीका डाइरेक्टर अमित अग्रवालले बुधबार हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि नेपाल बङ्गलादेश बैङ्कका ग्राहकले मोबाइल बैङ्किङ तथा इन्टरनेट बैङ्किङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्ने जनाइएको छ ।