नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएअनुसार छापावाल सुनको मूल्य हिजोे बुधबार प्रतितोला ६० हजार एक सय थियो । हिजोको तुलनामा आज प्रतितोला तीन सय रुपैयाँ बढेको हो ।
चार्डपर्वमा सुनको भाउ बढ्दै गएको छ । निरन्तर उकालो लागिरहेको सुनको मूल्य नेपाली बजारमा आज बिहीबार प्रतितोला ६० हजार चार सयमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएअनुसार छापावाल सुनको मूल्य हिजोे बुधबार प्रतितोला ६० हजार एक सय थियो । हिजोको तुलनामा आज प्रतितोला तीन सय रुपैयाँ बढेको हो । गत मङ्गलबार प्रतितोला ६० हजारमा कारोबार भएको थियो । तीन दिनको अवधिमा सुन प्रतितोला चार सय रुपैयाँले बढेको महासङ्घले जनाएको छ ।
तर, बजारमा चाँदीको मूल्य दुई दिनदेखि स्थिर छ । आज चाँदी प्रतितोला ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।