नेपाल टेलिकमको अटम अफर, के के छन् अफरमा ?

टेलिकमले अल टाइम डाटा स्ट्रिमिङ्, फोरजी डाटा प्याक, जीएसएम थ्रीजी/फोरजी एक जीबी प्रतिदिनको डाटा प्याक, अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, सीयूजी प्याकेज, भिडियो र टीभी प्रतिघण्टा प्याक, एसएमएस प्याक, एफटीटीएच ब्यक्तिगत प्याकेज, एफटीटीएच कर्पोरेट युजर प्याकेज, एडीएसएल भोलुम प्याक, एडीएसएल अनलिमिटेड प्याक लगाएतका योजना सर्वजनिक गरेको छ ।

नेपाल टेलिकमले ग्राहकका लागि अटम अफर ल्याएको छ । टेलिकमले यो अफर २२ सेक्टरमा उपलब्ध गराएको छ ।

ह्याप्पी विकेन्ड प्याक

जीएसएम/सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा ह्याप्पी विकेन्ड प्याक अफर प्रयोग गर्न सकिन्छ । ह्याप्पी विकेन्ड प्याकअन्तर्गत शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन १ जीबी डाटा प्रयोग गर्न सकिने छ ।

अल टाइम डाटा प्याक

जीएसएम प्रिपेड/पोष्टपेड तथा सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा अल टाइम डाटा प्याकेज प्रयोग गर्न सकिने छ । यसअन्तर्गत कम्पनीले उपलब्ध गराएका विभिन्न प्याकेजमा ५० प्रतिशत थप बोनस डाटा उपलब्ध गराउने भएको छ ।

नाइट टाइम भोलुमवेस्ड डाटा प्याक

जीएसएम प्रिपेड/पोष्टपेड तथा सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा नाइट टाइम भोलुमवेस्ड डाटा प्याक प्रयोग गर्न सकिन्छ । यसमा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुने टेलिकमले जनाएको छ । थप बोनस समेत गरी नाइट टाइम भोलुम वेस्ड डाटा प्याकअन्तर्गत अब ५ रुपैयाँमा ६८ एमबी डाटा १ दिनसम्म प्रयोग गर्न सकिने छ ।

अनलिमिटेड नाइट टाइम डाटा प्याक

जीएसएम/सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा अनलिमिटेड नाइट टाइम डाटा प्याक प्रयोग गर्न सकिन्छ । अनलिमिटेड जीएसएम/सीडीएमए नाइट डाटा प्याकअन्तर्गत १५ रुपैयाँमा १ जीबी डाटा राती १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइने छ ।

अल टाइम सोसियल मिडिया डाटा प्याक

अल टाइम सोसियल मिडिया डाटा प्याकअन्तर्गत सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ट्वीटर चलाउन सकिने छ । यसमा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ । थप बोनस समेत गरी ५ रुपैयाँमा ३० एमबी डाटा १ दिन, २५ रुपैयाँमा १३५ एमबी डाटा ७ दिन र १०० रुपैयाँमा ६७५ एमबी डाटा २८ दिनका लागि उपलब्ध हुनेछ । त्यसैगरी २०० रुपैयाँमा १५०० एमबी डाटा २८ दिन समयावधिका लागि उपलब्ध हुनेछ ।

त्यसैगरी टेलिकमले अल टाइम डाटा स्ट्रिमिङ्, फोरजी डाटा प्याक, जीएसएम थ्रीजी/फोरजी एक जीबी प्रतिदिनको डाटा प्याक, अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, सीयूजी प्याकेज, भिडियो र टीभी प्रतिघण्टा प्याक, एसएमएस प्याक, एफटीटीएच ब्यक्तिगत प्याकेज, एफटीटीएच कर्पोरेट युजर प्याकेज, एडीएसएल भोलुम प्याक, एडीएसएल अनलिमिटेड प्याक लगाएतका योजना सर्वजनिक गरेको छ ।