तरकारीमा ४५ प्रतिशतभन्दा माथि घातक विषादीको प्रयोग अध्ययनबाट पुष्टि भएको बाली संरक्षण निर्देशनालयले जनाएको छ । खेतीपातीमा प्रयोग गरिने सबै प्रकारका रासायनिक विषादी विष हुन् । सो विषबाट जोगिन तरकारीलाई कम्तीमा ३० मिनेट नुनपानीमा डुबाएर मात्र पकाउन बालीविज्ञले सुझाव दिएका छन् ।
किसानले उत्पादन बढाउने नाममा अन्धोपना, क्यान्सर, ट्युमर, नपुङ्सक हुने खालका घातक विषादीको प्रयोग हुने गरेको सरकारी अध्ययनले देखाएको छ ।
तरकारीको उत्पादन बढाउने र छोटो समयमै मनग्य आम्दानी गर्ने उद्देश्यले किसानले विषादीको प्रयोग गरे पनि उक्त विषादीले शरीरमा दिर्घकालीन रोग निम्त्याउन सक्ने अध्ययनले देखाएको छ ।
किसानले भिण्डी, अकबरे खुर्सानी र हिउँदे सिमीमा घातक विषादीको प्रयोग गरेको भेटिएको छ । त्यसैगरी, गत वर्षको तुलनामा यस वर्ष विषादीको प्रयोग ५ करोड रुपैयाँले बढेको छ । गत वर्ष रु ६४ करोडको विषादी आयात भएकोमा यस वर्ष रु ६९ करोड रुपैयाँका विभिन्न थरिका विषादी आयात भएको हो ।
तरकारीमा ४५ प्रतिशतभन्दा माथि घातक विषादीको प्रयोग अध्ययनबाट पुष्टि भएको बाली संरक्षण निर्देशनालयले जनाएको छ । खेतीपातीमा प्रयोग गरिने सबै प्रकारका रासायनिक विषादी विष हुन् । सो विषबाट जोगिन तरकारीलाई कम्तीमा ३० मिनेट नुनपानीमा डुबाएर मात्र पकाउन बालीविज्ञले सुझाव दिएका छन् ।
रासायनिक विषादीको प्रयोगका कारण गर्भवती महिला र बालबालिकामा पहिलो प्रभाव देखिन्छ । गर्भवती महिलाको पेटमा रहेको बच्चा अपाङ्ग र नपुङ्सक जन्मनु, महिलाको पाठेघर सुक्न गई बाँझोपन देखिनु र जन्मिसकेका बालबालिकापछि सुस्तःमनस्थितिको हुनु विषादीको प्रमुख असर हो ।
डाक्टर गेहेन्द्र वैद्य विषादीका अन्य कारण मानिस मुर्छा पर्नु, झाडा, पखाला, कम्पन, दृष्टी कमजोर तथा मृत्युसम्म ल्याउँछ भने लामो समयपछि देखिने असरमा अन्धोपना, क्यान्सर, ट्युमर, नपंसक, विकृत बच्चाको जन्म, शरीरका विभिन्न अंगमा असर, नशासम्बन्धी समस्या ल्याउने उनको भनाई छ ।
विश्व स्वास्थ सङ्गठनका अनुसार झण्डै ३२ प्रतिशत आत्महत्या विषादीकै कारण भएको उल्लेख छ । संयुक्त राष्ट्रसंघले खतरनाक विषादी मानव स्वास्थ्य र वातावरणको लागि चुनौती रहेको जनाएको छ । विषादी लक्षित समस्या समाधान गर्नेभन्दा मानव, वन्यजन्तु, पानीका स्रोत, माटो तथा हावामा समाविष्ट भइरहेको छ । मौरीलगायत परागसेचकको संख्यामा कमी आउनका कारण कृषि उत्पादनमा ह्रास तथा कृषि पर्यावरणमा रहेका मित्रजीवको कमी आउँदा र शत्रुजीवले विषादी पचाउने क्षमता विकास हुँदा विभिन्न रोगकिरा महामारीको रुपमा आउने गर्छ ।
संसारमा हरेक वर्ष चार करोड मानिसमा विषादीले कतै न कतै र कुनै न कुनै रुपमा असर गरेको अनुमान छ । विश्वमा विषादीकै कारणबाट वार्षिक तीन लाख ५५ हजार मानिसको मृत्यु हुने गरेको बाली संरक्षण निर्देशनालयले जनाएकाे छ ।
नेपालमा ४ सय १० टन विष आयात भएको तथ्याङ्कमा उल्लेख छ । कीटनाशक १ सय ३८ टन, रोगनाशक १ सय ६४ टन, झारनाशक १ सय १ टन र अन्य सात टन रहेको छ । सन् १९५२ मा नेपालमा मलेरिया नियन्त्रण गर्नका लागि विषादी ल्याइएको हो ।
नेपालमा करिब एक हजार ४ सय थरीका विषादी पञ्जीकृत गरिएको भए पनि १६ थरी क्रमशः क्लोरडेन, डिडिटी, डाइअल्ड्रिन, इन्ड्रिन, अल्ड्रिन, हेप्टाक्लोर, मिरेक्स, टोकसाफेन, बिएचसी, लिन्डेन, फस्फामिडन, अर्गेनोमर्करी, मिथायल पाराथायन, मेनोक्रोटोफस, इण्डोसल्फान र फोरेटलाई नेपालमा निषेध गरिएको छ ।