गोदावरी फूलको विविध जाति प्रजातिमध्ये यस प्रदर्शनीमा मुख्यतः स्पाईडर, मिनियचर, इन्क्रर्भ, रिफ्लेक्स र कट फ्लावरलाई प्रतियोगितामा समावेश गरी प्रतिस्पर्धा गराइने छ । प्रतिस्पर्धामा समावेश भएका नर्सरीहरुलाई प्रथम, द्वितीय तथा तृतीय घोषणा गरी शिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिनेछ ।
गोदावरी फूलको व्यावसायिक विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आगामी कार्तिक १५ देखि १८ गतेसम्म जावलाखेलको मैदानमा हुने भएको छ । प्रदर्शनीको नारा “रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि” भन्ने छ ।
पुष्प व्यवसाय प्रवद्र्धनका सम्बन्धमा समयानुकूल पुष्पको जातीय विकास एवम् गुणस्तरीय उत्पादनमा सहयोग पु¥याउन प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । नजिकै आइरहेको तिहार तथा छठपर्वलाई समेत लक्ष्य गरी गोदावरी पुष्प मेला तथा प्रदर्शनी गर्न लागिएको हो ।
पुष्प कृषकहरुको उत्पादनको बजार क्षेत्र सीमित रहेको सन्दर्भमा यस प्रकारको प्रदर्शनीको आयोजनाबाट पुष्पप्रेमी उपभोक्ता बढन जाने भई बजार विस्तार गर्न प्रदर्शनीले सघाउने अपेक्षा गरिएको छ ।
गोदावरी फूलको विविध जाति प्रजातिमध्ये यस प्रदर्शनीमा मुख्यतः स्पाईडर, मिनियचर, इन्क्रर्भ, रिफ्लेक्स र कट फ्लावरलाई प्रतियोगितामा समावेश गरी प्रतिस्पर्धा गराइने छ । प्रतिस्पर्धामा समावेश भएका नर्सरीहरुलाई प्रथम, द्वितीय तथा तृतीय घोषणा गरी शिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिनेछ ।
मेलामा व्यवसायिक स्टल ४४, सूचनामुलक ३ र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित जम्मा ४८ ओटा प्रदर्शनी कक्षहरु रहने छन् ।
३६ हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने मेलामा ४५ लाख रुपैयाँबराबरको व्यावसायिक कारोबार हुने अपेक्षा गरिएको छ ।
नेपाली पुष्प व्यवसाय आथिैक वर्ष २०७४÷७५ सम्म आइपुग्दा लगभग ६९७ व्यवसायीले पुष्प व्यवसाय गरिरहेको र ४३ जिल्लामा पुष्प खेती विस्तार भइसकेको छ ।
हाल लगभग १५५ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको ४३ हजार ५ सयभन्दा बढी प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा पुष्प व्यवसायमा आश्रित व्यक्तिहरुलाई रोजगारी उपलब्ध गराइएको आयोजकले जनाएको छ । आव २०७४÷७५ मा जम्मा १ अर्ब ८६ करोड ७१ लाख ९९ हजार भन्दा बढीको कारोबार भएको छ ।
आव २०७४÷७५ मा ११ करोड रुपैयाँबराबरको पुष्प तथा पुष्पजन्य वस्तुको आयात भएकोे छ भने २ करोड ३ सय ७२ करोड रुपैयाँको निर्यात भएको छ । समग्रमा पुष्प व्यवसायकको वार्षिक बृद्धिदर १० देखि १५% को हाराहारीमा छ ।