त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फ्री वाइफाइ

विमानस्थलबाट आवतजावत गर्ने यात्रुहरुलाई सूचना आदानप्रदानमा सहज होस् भन्ने उद्देश्यले फ्री वाइफाइको व्यवस्था गरिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबारबाट फ्री वाइफाइको व्यवस्था गरिएको छ । विमानस्थलबाट आवतजावत गर्ने यात्रुहरुलाई सूचना आदानप्रदानमा सहज होस् भन्ने उद्देश्यले फ्री वाइफाइको व्यवस्था गरिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले एक वर्षभित्र नेपालका सम्पूर्ण विमानस्थलमा फ्री वाइफाइको व्यवस्था गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएका थिए । विमानस्थलमा फ्री वाइफाइको व्यवस्था गरेसँगै सूचना आदानप्रदानसँगै विभिन्न ठाउँको प्रचारप्रसारमा समेत सहयोग पुग्ने पर्यटन मन्त्रालयले विश्वास लिएको छ ।

विमानस्थलका महाप्रबन्धक क्षेत्रीले वर्ल्ड लिङ्कसँगको सहकार्यमा यात्रुलाई लक्ष्य गरी फ्री वाइफाइको व्यवस्था गरिएको बताए । विमानस्थलमा लामो समयसम्म यात्रुहरु बस्नुपर्ने भएकाले उनीहरुको बसाइ आरामदायी हुनेमा विश्वास लिइएको महाप्रबन्धक क्षेत्रीको भनाइ छ ।