एलएच सर्भिसेस र स्पेयर पार्टस् अब नेपालको हानकुक टायरकोे आधिकारिक विक्रेता

हानकुक टायरले एलएच सर्भिसेस र स्पेयर पार्टस् (एल एच एस् एस्) लाई नेपालको लागि आधिकारिक विक्रेताकोे रुपमा नियुक्त गरेको छ । एल एच एस् एस् कम्पनी २०१८ मा स्थापित भएको हो र कम्पनीको भिजन “उपभोक्ताको गतिशीलताका लागि एक मात्र समाधान” भन्ने लक्ष्यका साथ अगाडी बढेको छ ।

यस कम्पनीले विश्वव्यापी रुपमा प्रख्यात आटोमोटिभस् तथा सहायक बस्तुहरु आयत गरि विक्रि वितरण गर्ने छ । हाल ब्याट्री, लुब्रिकेन्टस् र टायर व्यवसायमा संलग्न छ ।

लक्ष्मी समुह एक स्थापित व्यवसायीक कम्पनीहरुको समुह हो, जस अन्तर्गत धेरै कम्पनीहरु पर्दछन् । अटोमोबाईल क्षेत्रमा एक भिन्न परिचय बनाउनका लागि कम्पनीले धेरै पहिले देखि अटोमोटिभस् डिभिजन सुरु गर्दै आइरहेको छ । जसमध्ये लक्ष्मी इन्टरकन्टिनेन्टल आईएसओ ९००१ः२०१५ प्रमाणित कम्पनी हो । हाल यस समुहमा लक्ष्मी प्रिमियम मोटर, गोल्डफिश इन्टरनेशनल, लक्ष्मी टायर टेड्र, लक्ष्मी लयुब ओईल साथै एल.एच. सर्भिसेस र स्पेयर पार्टस् जस्ता कम्पनीहरु अटोमोटिभस् उपकरणहरु बिक्री वितरण गर्दै आएको छ ।

हानकुक दक्षिण कोरियाबाट विश्वव्यापी प्रमुख टायर निर्माण ब्राण्ड हो । कम्पनी पिसीआर, एलटिआर, एसयूभि र टिबीआर खण्डमा बलियो उपस्थितिसँग विश्वको सातौं सबै भन्दा ठूलो टायर बेच्ने ब्राण्ड हो । पिसीआर श्रृखलामा कम्पनीसँग भेन्टस्, किर्नजी र अप्टिमो श्रृखला छ जहाँ भेन्टस् उच्च प्रदर्शन श्रृखला हो भने किर्नजी अधिक मूल्य प्रतिस्पधी टायर श्रृखला हो ।

हानकुक टायरले उच्च इन्धन क्षमता, कम झ्ट्का, आवाज, राम्रो आकर्षण र उच्च टायर जीवनको आश्वासन दिन्छ । एल एच एस् एस् ले हाल इन्डोनेसिया र कोरियामा आधारित दुई कारखानाबाट हानकुक टायर आयत गरिरहेको छ । हानकुक पछिल्लो केहि वर्ष देखि नेपालमा रहेको छ । २०१८ मा हानकुक टायरले लक्ष्मी समुहसँग मिलेर नेपाली बजारमा गुणस्तरीय सेवा प्रदान गर्ने योजना लिएर नेपाली बजारमा आएको छ ।