क्लचमा समस्या हुँदा विगत पाँच वर्षमा यो चौथो पटक हो जब हार्ली डेभिडसनले आफ्ना बाइक फिर्ता लिएको छ । फिर्ता लिइएका बाइकमा २०१७ तथा २०१८ मा बनेका टुरिङ, ट्राइक तथा सीभीओ टुरिङ मोडल र केही २०१७ का सफ्टेल मोडलका छन् ।
हार्ली डेभिडसनले क्लचमा समस्या देखिएपछि आफ्ना दुई लाख ३० हजार बाइक फिर्ता लिने (रिकल) घोषणा गरेको छ । क्लचमा समस्या हुँदा विगत पाँच वर्षमा यो चौथो पटक हो जब हार्ली डेभिडसनले आफ्ना बाइक फिर्ता लिएको छ । फिर्ता लिइएका बाइकमा २०१७ तथा २०१८ मा बनेका टुरिङ, ट्राइक तथा सीभीओ टुरिङ मोडल र केही २०१७ का सफ्टेल मोडलका छन् ।
हार्ली डेविडसनले गत साता लगानीकर्ताहरुसँग भएको ‘कन्फ्रेन्स कल’मा बाइक फिर्ता लिने घोषणा गरेको हो । कम्पनीले हालै कैयौं नयाँ मोडलका बाइक ल्याउने पनि घोषणा गरेको छ । यसमा नयाँ इलेक्ट्रिक मोडल लाइन तथा एसिया तथा नयाँ उदाउँदै गरेका बजारका लागि सानो मोडल समावेश छन् । कम्पनीले यी बाइक २०२२ सम्म बजारमा ल्याउने छ । हुनत, बाइक फिर्ता लिनुपरेका कारण अमेरिकाको यो धुरन्धर बाइक निर्माता कम्पनीको शाखमा केही हानि पुग्नेछ ।
यसभन्दा अघि बाइकमा क्लचको समस्या आउँदा कम्पनीले कैयौं पटक बाइक फिर्ता लिइसकेको छ । हार्ली डेभिडसनले सन् २०१६ मा १४ भिन्दा भिन्दै मोडलका २७ हजार दुई सय ३२ बाइकमा क्लचको समस्याका कारण फिर्ता लिएको थियो । यसैगरी कम्पनीले २०१५ मा ४५ हजार नौ सय एक तथा २०१३ मा २९ हजार ४६ ओटा बाइक फिर्ता लिएको थियो ।