प्रदेश १ का सूचना प्रविधिमा कार्यरत कम्पनी, कलेज तथा सस्थासहित काठमाडौंबाट अन्तर्राष्ट्रिय प्रडक्ट तथा ब्रान्डको पनि सहभागिता रहनेछ ।
विराटनगरमा पहिलोपटक आईसीटी एक्स्पो २०१८ आयोजना हुने भएको छ । लिभिङ विथ आईसीटीले पुस ६ देखि १० सम्म जैन भवनमा आयोजना गर्ने एक्स्पोमा सूचना प्रविधि क्षेत्रका पछिल्ला आविष्कार, प्रडक्ट र सेवा प्रदर्शनमा रहनेछन् ।
आईटी शिक्षा, ज्ञान, आविष्कार र उद्यमशीलतालाई एक्स्पोमा प्रवद्र्धन गरिनेछ । एक्स्पोमा १ सयभन्दा बढी स्टल रहनेछन् । प्रदेश १ का सूचना प्रविधिमा कार्यरत कम्पनी, कलेज तथा सस्थासहित काठमाडौंबाट अन्तर्राष्ट्रिय प्रडक्ट तथा ब्रान्डको पनि सहभागिता रहनेछ ।
५० प्रतिशत कमर्सियल आईटी प्रडक्ट तथा सेवा र ५० प्रतिशत आईटी शिक्षा, इनोभेसन, स्टार्टअप, रोबोट, गेमिङ जोनसहितका स्टल रहनेछन् । नेपालमा प्रविधि क्षेत्रकै सबैभन्दा ठूलो आईसीटी अवार्डसमेत आयोजना गरिरहेको लिभिङ विथ आइसिटीले स्थानीय निकायलाई समेटेर डिजिटल गभर्नेन्स र स्मार्ट सिटीसम्बन्धी वर्कसप, कन्फ्रेन्ससमेत सञ्चालन हुनेछन् ।